मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेल आज

Ujyalosandeshonline 12320+ समाचार ( )
२९ माघ २०८०, सोमबार

काठमाडौं । नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ। 

शनिवार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गर्यो । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रदा क्यानडा भने पहिलो जितको खोजीमा मौदान प्रवेश गर्नेछ । 

दोस्रो खेलमा नेपालले कुशल भुर्तेल, ललित राजवंशी र आरिफ सेखलाई बेन्चमा राखेर आकाश चन्द र सूर्य तामाङलाई अवसर दिँदा उनीहरुले राम्रो प्रर्दशन गरे । 

दुई खेलमा पराजय बेहोरेपछि क्यानडाका मुख्य प्रशिक्षक पुबुदु दाशानायके पनि दबाबमा छन्। उनलाई नेपाली मैदान, पिच र खेलाडीको खेल्ने शैलीबारे निकै राम्ररी थाहा छ । यसअघि उनी नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक थिए । तर, नेपाली टोलीलाई घरेलु मैदानमा पाएको दर्शकको साथ र व्याटिङमा देखिएको धैर्यताका कारण  दाशानायकेले फाइदा उठाउन सकेका छैनन् । 

सिरिजको पहिलो खेलमा नेपालले ७ रन र दोस्रो खेलमा ४ विकेटको क्यानडामाथि जित हात पारेको थियो। यससँगै नेपाल एक खेल अगावै विजेता बनिसकेको छ।

पछिल्लो समय व्यस्त देखिएको नेपाली टोलील यो सिरिज सके लगत्तै घरेलु मैदानमा नै नामिबिया र नेदरल्याण्ड्ससम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ। 

उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ। त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी–२० श्रृङ्खला हुनेछ।  यो खेल फागुन १५ देखि २२ सम्म चल्नेछ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार