मुख्य समाचार
खुनवा नाकामा ६ किलो बढी चाँदीका गहनासहित एक जना पक्राउ | पश्चिम नवलपरासीमा रामग्राम नगरपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तह | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | देउडा खेल्दै स्थानीय | उत्पीडित वर्गको उत्थान गर्न जरुरी छः अध्यक्ष यादव | ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल | होराइजन गौतम बुद्ध कलेजका विद्यार्थीद्वारा अनाथ आश्रमका बालबालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न | भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल | रामपुर खाप छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै तेस्रो दिन पनि रिले अनसन जारी |

लुम्बिनी प्रदेश सरकारले गर्‍यो योजना आयोगमा उपाध्यक्ष र सदस्य नियुक्त

Ujyalosandeshonline 12301+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा गुल्मीको मालिका गाउँपालिका–८ निवासी डा.डिल्लीराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले सदस्यहरुमा रोल्पाको परिवर्तन गाउँपालिका–६ निवासी डा.सुदनकुमार वली, दाङको घोराही उपमहानगरपालिका–१६ निवासी भुवन चौधरी र रुपन्देहीको बुटवल उपमहानगरपालिका–१८ निवासी शान्ता देवी ढकाललाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

त्यस्तै बैठकले दाङको शान्तिनगर गाउँपालिका–४ चिरेघाटबाट परिवर्तन गरी सोही गाउँपालिकाको वडा नम्बर ४ स्थित जुम्लेकुलामा केन्द्र तोक्न नेपाल सरकारमा सिफारिस गरेर पठाउने निर्णय गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दुईतिहाई बहुमतबाट पालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय पारित भएको थियो । 

त्यसै गरी गुल्मीको मुसिकोट नगरपालिका र जापानाको ओइता प्रिक्याक्चर, बुङ्गोओनो शहरबीच भगिनी सम्बन्ध कायम गर्ने आवश्यक निर्णयका लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार