संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पु¥याउन माग गर्दै २० जिल्लामा प्रदर्शन

Ujyalosandeshonline 11543+ समाचार ( )
१८ चैत्र २०८०, आइतबार

रुपन्देही। संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पु¥याउन माग गर्दै मानव अधिकार तथा शान्ति समाजले २० जिल्लामा दबाबमूलक प्रदर्शन गरेको छ । समाजले सो प्रक्रियालाई राजनीतिक लेनदेनको विषय बनाउन खोजिएकोप्रति चिन्ता समेत व्यक्त गरेको छ । 

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १८ वर्ष पुग्न लाग्दा पनि संक्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुग्नु दुखद रहेको समाजका सचिव लक्ष्मीनारायण मिश्रले बताए । 

‘संक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक लेनदेनको विषय बनाइनुहुदैन । यसमा पीडितलाई न्याय र पीडकलाई समाजको सुनिश्चितता हुनुुपर्छ,’ सचिव मिश्रले भने, ‘हामीले त्यही विषयलाई केन्द्रमा राखेर छिटोभन्दा छिटो पीडितले न्याय पाउने अवस्थाको सुनिश्चितता गर्न दबाबस्वरुप देशभरका विभिन्न २० जिल्लामा एकैसाथ प्रदर्शन गरेका छौँ ।’

उनका अनुसार काठमाडौं, रुपन्देही, पाल्पा, दाङ, चितवन, सुर्खेत, ललितपुर, महोत्तरी, गुल्मी, संखुवासभा, नवलपुर, बागलुङ, तेह्रथुम, म्याग्दी, बाँके, सल्यान, बारा, कपिलवस्तु, दैलेख र कैलाली शाखाले शनिबार प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा सहभागीहरूले द्धन्द्धकालीन मानव अधिकार गम्भीर उल्लंघनका दोषीलाइृ कारबाही गर्न र द्धन्द्धकालमा भएका मानवताविरुद्धको अपराधमा संलग्नहरुलाई कारबाही गर्न माग गर्दै विभिन्न प्ले–कार्डहरू समेत प्रदर्शन गरेका थिए । शान्ति समाजले हरेक वर्ष चैत १७ गते हिंसाको खारेजी र दण्डहीनताको अन्त्यमा जोड दिँदै कार्यक्रम गर्दै आएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार