मुख्य समाचार
२९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल | अन्ततः संसदीय छानबिन समिति गठनको सहमति | राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन |
मुख्य समाचार
२९ वर्षीया युवतीले जब रोजिन इच्छामृत्यु ... | कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ | राजनीतिमा युवा सहभागिता वढाउन दलहरु सुध्रिनुपर्छ : सुनिता डंगोल | अन्ततः संसदीय छानबिन समिति गठनको सहमति | राजनीति फोहोरी खेल होइन, स्वार्थ बोकेका व्यक्ति फोहोरी हुन : सुहाङ नेम्वाङ | एनेस्थेसिया भन्नेबित्तिकै मान्छेहरु डराउँछन्, यो नबुझेर हो : डा. ढकाल | सुनसरी औराबनीका २० घरपरिवारलाई भवन निर्माण गरी हस्तान्तरण | लागुपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक पक्राउ | मुगुका किसान स्याउको विरुवा उत्पादनमा आत्मनिर्भर | गृह सचिव अर्यालद्वारा अध्यागमन विभागका महानिर्देशकलाई अधिकार प्रत्यायोजन |


महान नेता गोरेबहादुर खपाङ्गीको सम्झनामा !

Ujyalosandeshonline 1+ समाचार ( )
खडक पामीआले मगर
१४ माघ २०७८, शुक्रबार


गोरेबहादुर खपाङ्गी


महान नेता गोरेबहादुर खपाङ्गी संगको मेरो पहिलो भेट २०४७ सालमा तनहुँको एक कार्यक्रम बिच भएको थियो। म तेतिखेर २० बर्षको थिएँ ,भर्खरै प्रवेशिका परीक्षा सकेर बसेका थिएँ । नेपालमा बहुदल आईसकेको थियो धमाधम राजनीति पार्टीको जन्म हुँदै थियो। उहाँको टिम नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा पार्टीको कार्यक्रम लिएर आउनु भएको थियो । मैले पनि त्यो कार्यक्रममा सहभागीता जनाएका थिएँ।झट्ट हेर्दा उहाँको व्यक्तित्व ,  होची मिङ्गको जस्तो झुस्स दाह्री, अग्लो कद, गोरो अनुहार  सर्लक्क परेको जिउदल , पावरवाला चस्मामा भाषण दिएपछि  सबै स्रोता दर्शकहरु मन्त्रमुग्ध नै हुन्थे । जदुमयी तर मृदुभाषी शब्दवाणले विरोधीहरुलाई झापड हान्ने सक्ने  उहाँमा अब्बल क्षमता  थियो । उहाँ संगको मेरो संगत लामो समय सम्म रह्यो। कहिले मगर संघ को कार्यक्रममा, कहिले पार्टीको । मलाई 'रेन्झा' भनेर बोलाउनु हुन्थ्यो, कहिं कतै देख्नसाथ  ''होसे च कानुङ रेन्झा माहाले ?" भनेर बोलाउनु हुन्थ्यो।  मलाई धेरै माया गर्नु हुन्थ्यो । उहाँको विचारबाट प्रभावित भएर नै  म राजनीतिमा लागेको हुँ  । उहाँ एक दार्शनिक महान नेता हुनुहुन्थ्यो । आज देशलाई उहाँको अभाव खड्की रहेको छ ।  हिजो भदौ ११ गते, उहाँको पाँचो स्मृति दिवस , गोरेबहादुर खपाङ्गी फाउन्डेसनले आयोजना गरेको भर्चुअल कार्यक्रममा सहभागी हुने मौका मलाई पनि मिल्यो राजनीति विश्लेषक आहुटी, खपाङ्गीकै सहयोध्द जितबिर लामा, प्रोफेसर डाक्टर राम प्रसाद,लगायतको विचारहरु सुन्न बुझ्न मौका पनि मिल्यो । म धेरै खुशी भएँ। उहाँ  आज हामी माझ भौतिक रुपमा त हुनुहुन्न तर उहाँको विचार  र मार्ग-दर्शन भने संसार भरिका शोषित उत्पीडित जाती वर्ग जाती वर्ग समुदायको लागि पथ-प्रदर्शकको रुपमा निरन्तर रहने छ । उहाँको पाँचौ स्मृति दिवसको अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
 -   -खडक पामी आले मगर , तनहुँ  (२०७८भदौ १२गते)


गोरेबहादुर खपाङ्गीलाई किन सम्झने ?

गोरेबहादुर खपाङ्गी उत्पीडित समुदायको एउटा राजनीतिक आवाजको प्रतिनिधित्व गर्ने उच्च पात्र हुनुहुन्थ्यो । उहाँ ग्रामीण जनताको चेतना जागृत गर्ने अग्रज नेता हुनुहुन्थ्यो । उहाँ परिवारको खुशी, चाहनालाई त्यागेर समस्त उत्पीडित समुदायको हितमा समर्पित ब्यक्ति हुनुहुन्थ्यो । उहाँसँग निम्न स्तरको गरीब, दुःखी ग्रामीण जनतालाई बुझाउन सक्ने र एकल जातिवादको विरुद्ध खरो रुपमा उत्रन सक्ने जादुमयी भाषण र प्रशिक्षण कला थियो । उहाँ जातीय जनसंख्याको आधारमा सबै जाति, जातको समानुपातिक प्रतिनिधित्व भएमा मात्र यो देशमा समतामूलक समाज निर्माण भई मुलुकको विकास हुनेमा विश्वास गर्नुहुन्थ्यो ।

उहाँले कहिल्यै पनि हिंसात्मक क्रान्तिलाई प्रश्रय दिनुभएन । उहाँ जहिले पनि शान्तिपूर्ण आन्दोलनको पक्षमा उभिनुभयो । गोरेबहादुर खपाङ्गीले फैलाएको राजनीतिक चेतनाको जगमाथि टेकेर माओवादीले १० बर्ष जनयुद्ध सञ्चालन गर्यो । यहाँ सामान एउटाले बनायो तर त्यसलाई बेचेर अर्कैले नाफा कमायो । बाली एउटाले लगायो तर त्यसको फसल अर्कैले काट्यो । त्यसैले खपाङ्गी एउटा युगले जन्माएको नेता हो, जो च्याउँ उम्रे जसरी पानी पर्नासाथ उम्रिदैन ।

यसर्थ, उहाँ युगौयुगसम्म सम्झिरहन लायक महान् ब्यक्तित्व हुनुहुन्छ । उहाँको अभावमा आज आदिवासी जनजाति आन्दोलन बिटोलिएको छ । अहिले देख्नसक्छौ कि हाम्रो आन्दोलन प्रतिक्रियात्मक अवस्थामा सीमित भएको छ । राज्यले क्रिया गर्छ, हामी प्रतिक्रिया मात्र ब्यक्त गर्ने भएका छौ । जस्तोः राज्यले विदा कटौती गर्यो, हामीले तीन महिना आन्दोलन गरेर प्रतिक्रिया ब्यक्त गर्यौ । राज्यले आरक्षण खोस्यो, हामीले चार महिना आन्दोलन गरेर प्रतिक्रिया ब्यक्त गर्र्यौ । पहिचान खोसिएकोमा पनि त्यस्तै प्रतिक्रिया मात्र ब्यक्त गर्यौ । तर गोरेबहादुर खपाङ्गीले सधैँ सिर्जनात्मक आन्दोलन गर्नुहुन्थ्यो । क्रान्तिमा उहाँ नविनता ल्याउनु हुन्थ्यो । उहाँलाई शान्तिपूर्ण ढंगबाट जनतालाई जागृत गरेर समतामूलक समाज निर्माण गर्न सकिन्छ भन्नेमा दृढ विश्वास थियो । यसर्थ, खपाङ्गीले एउटा क्रान्तिको सम्भावनाको ढोका खोल्नुभएको थियो तर उहाँको निधनपछि अहिले त्यो ढोका थुनिएको अवस्थामा देख्न सकिन्छ ।


खपाङ्गीमाथि लागेको टीका आरोप र यथार्थता ।

खपाङ्गी पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा मन्त्री बन्नुभयो । मन्त्री बने लगत्तै हिन्दू समुदायको दशैं पर्व आयो । त्यसबेलाको आम प्रचलन अनुसार विजया दशमीको दिन सबै मन्त्रीले राजाको हातबाट अनिवार्य टीका लगाउनै पर्थ्यो । त्यो हिन्दू राष्ट्राध्यक्षको पर्वप्रतिको सम्मान थियो । उहाँले पनि राजाको हातबाट टीका ग्रहण गर्नुभयो । यसैलाई विरोधीहरुले खपाङ्गीलाई सिध्याउने अस्त्रको रुपमा प्रयोग गरे । उनीहरुको लागि यो ठूलो मसला बन्यो । यसपछि आफूलाई ठूला मानवअधिकारवादी र नागरिक आन्दोलनका अगुवा भन्नेहरुले विभिन्न लेख नै लेखेर खपाङ्गीको धुँवादार विरोध गरे ।

आदिवासी जनजातिहरुले समेत कान नसमाति कागको पछि दौडेर खपाङ्गीको विरोधमा लागे । यतिसम्म कि कतिपयले त पुनः टीका नै लगाउन थालेको पनि सुनियो । वास्तवमा यो विरोध खपाङ्गीको राजनीतिक आवाजदेखि तर्सिएका मुट्ठीभर अभिजात वर्गको ठूलो षड्यन्त्रबाट आएको थियो । जसलाई जनजातिहरुले बुझेनन् । दशैंको टीका उनीहरुको लागि एउटा निहुँ मात्र थियो । खासगरी खपाङ्गीको राजनीतिक आवाजलाई सिध्याउन कुनै प्रकारको निहुँ खोजिरहेका वर्गको लागि यो एउटा उपयुक्त अवसर थियो । जसलाई उनीहरुले भरपुर प्रयोग गरे ।

पूर्वराजा ज्ञानेन्द्रको हातबाट टीका लगाउने मात्र होइन, प्रधानमन्त्रीमा नियुक्ति गरियोस् भनेर दरबारमा विन्तीपत्र हाल्नेदेखि  पाउमा दाम चढाउने नेताहरु चैं आज राज्यसत्ताको केन्द्रविन्दूमा छन् । उनीहरु ठूला गणतन्त्रवादीको रुपमा चिनिएका छन् तर खपाङ्गीले जहाँ जाँदा पनि यसैको जवाफ दिइरहनु पर्यो । उहाँलाई यसरी लखेटिरहनु भनेको यो विचारलाई सिध्याउने समूहको बर्षौदेखिको षड्यन्त्रबाट आएको थियो । तर उहाँ मन्त्री बनेर उहाँकै पहलमा बर्षौदेखि लादिएको शास्त्रीय संस्कृत भाषालाई शिक्षा मन्त्री देवीप्रसाद ओझाको पालामा खारेज गरेको त्यो ऐतिहासिक उपलब्धिको कसैले चर्चा गर्दैनन् ।


खपाङ्गी सबैको साझा नेता हुन

खपाङ्गी सबै उत्पीडित समुदायका साझा नेता हुन् । कतिपयले गोरेबहादुर खपाङ्गीलाई मगरको मात्र नेता हुन् । जनजातिको मात्र नेता हुन् भन्ने गर्छन् तर खपाङ्गीलाई एउटा जाति, एउटा समुदायको मात्रै नेताको रुपमा बुझ्यौ भने उहाँमाथि ठूलो अन्याय हुनेछ । उहाँको विचारले सबैखाले उत्पीडनको विरुद्धमा धावा बोल्ने हुँदा कतिपय सन्दर्भमा त्यस्तो लाग्न गएको मात्र हो । तर उहाँले जनजाति, दलित, मधेशी, मुस्लिम, खस, आर्य समेत सबैको पक्षमा बोल्नुहुन्थ्यो । उहाँले बाहुनको विरोध कहिल्यै गरेन, मात्र ब्राह्मणवादको विरोध गर्नु भयो मनुबादी नश्लीय चिन्तन र प्रवृतिको विरोध गर्नु हुन्थ्यो । उहाँलाई ब्राह्मणवादबाट थिचिएका समस्त उत्पीडित जनताको अन्तर्राष्ट्रिय नेताको रुपमा चिन्न सकिन्छ । जसको विचारलाई कुनै देशको सीमानाभित्र छेकेर राख्न सकिदैन । जसको विचार एउटा जाति, एउटा समूहभित्र खुम्चिएर पनि बस्न सक्दैन ।

खपाङ्गी एक दार्शनिक हुन्

खपाङ्गीले आफ्नो जीवनकालमा ब्यक्त गरेका विचारहरु जातीय मुक्तिको एउटा मौलिक दर्शन हो । उहाँले उत्पीडित समुदायको मुक्तिको लागि ब्यक्त गरेका नवीन विचारहरुले उहाँलाई एक दार्शनिकको रुपमा चिन्न सकिन्छ । त्यसैले उहाँको विचारलाई दर्शनको रुपमा विकास गरौं । जसरी कार्ल माक्र्सले लेख्न बाँकी राखेको अपुरो पुँजी ग्रन्थलाई उसको साथी एंगेल्सले पुरा गरे । नत्र माक्र्स सर्वहारा वर्गका महान गुरुको रुपमा पुज्य हुन सक्दैनथे । माक्र्सलाई साँच्चै माक्र्स बनाउने काम उनका सहयात्री एंगेल्सले गरेका कारण उनी चिनिएका हुन् ।

 बुद्ध पनि आफ्नो जीवनकालमै बुद्ध बनेका होइनन् । उनको ब्यक्त विचारलाई ग्रन्थको रुपमा पछिका अनुयायीहरुले प्रकाशन गर्दै जाँदा बुद्ध संसारका पुज्य भएका हुन् । त्यसैले खपाङ्गी विचारलाई पनि ग्रन्थको रुपमा दस्तावेजीकरण गर्न सकेको खण्डमा त्यसले एउटा उत्पीडित जनताको मुक्तिको मार्ग दर्शनको रुपमा आकार लिनेछ र यसले ढिलोचाँडो एउटा क्रान्ति गर्ने निश्चित छ । किनकि खपाङ्गी विचार आफैमा एउटा क्रान्ति हो । जुन क्रान्ति उहाँको जीवनकालमा सम्भव भएन । त्यसलाई दस्तावेजीकरण गरेको खण्डमा आउने दिनमा त्यसले एउटा क्रान्ति गर्नेछ र तमाम उत्पीडन भोगिरहेका समुदायले मुक्तिको सास फेर्नेछन् । नत्र खपाङ्गी विचार एउटा प्रवृतिको रुपमा विसर्जन हुन बाध्य बन्नेछ । खपाङ्गीको त्यो आगो ओकल्ने दर्बिलो आवाज त अब सुन्न सम्भव छैन किनकि उहाँको भौतिक शरीर यो लोकबाट विलिन भइसकेको छ । तर उहाँको विचार गाउँको दुरदराजसम्म यत्र, तत्र, सर्वत्र छरिएर रहेका छन् । यसलाई टिपेर दस्तावेजीकरण गर्ने प्रक्रियामा लाग्नु नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ । धन्यवाद !!

            

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार