मुख्य समाचार
भोलि नीति तथा कार्यक्रम : अप्ठेरोमा सरकार, धर्मसंकटमा प्रतिपक्ष | प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन | बजेटमा समावेश गर्न राष्ट्र बैंकको ३५ बुँदे सुझाव | अल्पसंख्यक व्यक्तिहरु सडकमा उभिनुपर्ने वाध्यता अन्त्य गर्न माग | स्थानीय तह जिम्मेवार नभएसम्म संघीयताको औचित्य रहँदैन : प्रधानमन्त्री | प्रधानमन्त्रीले गरे ‘सिग्नेचर ब्रिज’ को शिलान्याश, सवारी चाप व्यवस्थित हुने विश्वास | ‘संसद्लाई सरकार जन्माउने थलोको रुपमा प्रयोग मात्रै गरियो’ | बागमती प्रदेशसभाको बजेट अधिवेशन आजदेखि | नेकपा एसको पोलिट ब्युरो बैठक बस्दै | ओल्मा काउन्सिल नवलपरासीद्धारा हाजीहरुको विदाई |

एनआरएनए भवन लिजमा दिन माग गर्दै शर्मा समूह प्रधानमन्त्री निवासमा

Ujyalosandeshonline 2549+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को शर्मा समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ ।समूहका अध्यक्ष  राजेन्द्रकुमार शर्मा(आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो ।

प्रधानमन्त्रीसँगको भेटमा गैरआवासीय नागरिकता पाउने व्यवस्था भएपनि नागरिकता अनुसार पाउनुपर्ने अधिकार नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको अध्यक्ष आरके शर्माले जानकारी दिए ।

‘अदालतको फैसलालाई सम्मान गर्दै अहिले एनआरएनए रहेको मुख्यालय लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’शर्माले भेटपछि भने,‘सम्माननीय प्रधानमन्त्रीज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिटै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ।’

प्रधानमन्त्रीसँग भेटमा एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यले गैरआवासीय नागरिकता पाएपछि पाउनुपर्ने अधिकार नपाएको हुँदा विभिन्न समस्या भोग्नु परेको हुँदा यसलाई सहजीकरण गर्न आग्रह गरेका थिए ।

एनआरएनए  शर्मा समूहका उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरु दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफुहरु यो विरुद्ध अदालतमा जाने पक्षमा नरहेको जानकारी प्रधानमन्त्रीलाई दिए ।

प्रधानमन्त्रीसँग भेटमा उपाध्यक्ष खगेन्द्र न्यौपाने,उपाध्यक्ष डिबी क्षेत्री,जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट लगायतका अभियन्ता सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार