मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रुपन्देहीमा भारी वर्षा, रोहिणी लगायत खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Ujyalosandeshonline 12611+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउनका लागि अनुरोध गरिएको छ । शनिवार राति देखि भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सर्वसाधरणलाई मोबाइलमा सूचनामुलक म्यासेज पठाउँदै रोहिणी लगायत खोलामा पानीको बहाव बढ्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दाहरुले सतर्कता अपनाउनका लागि अनुरोध गरेको हो ।

विभागले पठाएको म्यासेजमा भनिएको छ– ‘पछिल्लो तीन घण्टामा रुपन्देही जिल्लाको भैरहवा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने रोहिणी खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाऔँ ।’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार पछिल्लो तीन घण्टामा भैरहवामा १४१.२ मिलिमिटर, तिलोत्तमामा ८४ मिलिमिटर, लुम्बिनीमा ११४ मिलिमिटर मापन गरिएको छ । यी क्षेत्रका तिनाउ नदीमा पानीको बहाव मापन गर्नका लागि यन्त्रहरु लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार