मुख्य समाचार
सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना | गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल |

रुपन्देहीमा भारी वर्षा, रोहिणी लगायत खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Ujyalosandeshonline 12315+ समाचार ( )
२ भाद्र २०८१, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवा क्षेत्रमा भारी वर्षा भएको र थप वर्षा हुने सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउनका लागि अनुरोध गरिएको छ । शनिवार राति देखि भारी वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले सर्वसाधरणलाई मोबाइलमा सूचनामुलक म्यासेज पठाउँदै रोहिणी लगायत खोलामा पानीको बहाव बढ्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दाहरुले सतर्कता अपनाउनका लागि अनुरोध गरेको हो ।

विभागले पठाएको म्यासेजमा भनिएको छ– ‘पछिल्लो तीन घण्टामा रुपन्देही जिल्लाको भैरहवा वर्षामापन केन्द्रमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेकोले सो क्षेत्र भई बहने रोहिणी खोला र अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाऔँ ।’

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाका अनुसार पछिल्लो तीन घण्टामा भैरहवामा १४१.२ मिलिमिटर, तिलोत्तमामा ८४ मिलिमिटर, लुम्बिनीमा ११४ मिलिमिटर मापन गरिएको छ । यी क्षेत्रका तिनाउ नदीमा पानीको बहाव मापन गर्नका लागि यन्त्रहरु लगाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार