दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव

Ujyalosandeshonline 12334+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

धकधई । देशभर आएको भीषण बाढीका कारण उत्पन्न विषम परिस्थितिमा धकधइको एक विद्यालयले दीप प्रज्वलन गरी बाढीपीडितहरूप्रति समवेदना प्रकट गर्दै आफ्नो वार्षिक समारोह सम्पन्न गरेको छ । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित स्वामीनगर धकधईमा रहेको श्री राम नरेश यादव आदर्श नमुना माध्यमिक विद्यालय परिसरमा उक्त वार्षिक समारोह आयोजना गरिएको हो । बाढी विपत्तिका कारण प्रभावित परिवारहरूप्रति समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्दै आयोजित समारोहमा उपस्थित सहभागीहरूले दीप प्रज्वलन गरेका थिए । 

कठिन परिस्थितिका बिच पनि खुसी, उत्साह र एकताको भावनालाई कायम राख्दै आत्मीय वातावरणमा कार्यक्रम सम्पन्न गरिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नौनित मिश्राको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समितिका सदस्यहरू, प्रधानाध्यापक इन्द्रकुमार यादव, शिक्षक प्रतिनिधी पूर्णिमा रौनियार, विद्यालयका प्लस टु संयोजक बिरेन्द्र गौड तथा सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको उपस्थिति रहेको थियो । कार्यक्रम भब्य रूपमा आयोजना नगरिए पनि सहभागीहरूको आत्मीयता, उत्साह र ऐक्यबद्धताले समारोहलाई विशेष र अर्थपूर्ण बनाएको सहभागीहरूले बताएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार