मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

‘अहिलेको माहोल हावाहुरी मात्रै हो, एक–दुई वर्ष कुर्नुस् जनता फेरि हामीतिरै फर्किन्छन्’

Ujyalosandeshonline 12618+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भर्खरै सम्पन्न निर्वाचनको मत–परिणामलाई लिएर निराश नहुन आफ्ना नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई आग्रह गरेका छन्। देशभरकै नतिजा उस्तै प्रकृतिको रहेको भन्दै उनले यसलाई कुनै व्यक्ति, नेता वा पार्टीको कमजोरी नभई ‘विशेष परिस्थितिको उपज’का रूपमा लिनुपर्ने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष राउतले ठूला र ऐतिहासिक पृष्ठभूमि बोकेका दलहरूको अवस्था पनि अहिले उस्तै रहेको औंल्याएका छन्। ७०–८० वर्षदेखि स्थापित, बृहत् सांगठनिक संरचना भएका र लाखौं प्रशिक्षित सदस्य रहेका पार्टीहरूसहित मधेश आन्दोलन वा पार्टी एकताबाट आएका दलहरूले समेत चुनावमा समान नियति भोगेको उनको भनाइ छ।

जनताले दिएको जनादेशलाई सहर्ष स्वीकार गर्दै विजयी उम्मेदवारहरूलाई सरकार चलाउन दिनुपर्नेमा राउतले जोड दिएका छन्। चुनावको विषयलाई लिएर अनावश्यक विश्लेषण र बहसमा अल्झिनुको साटो संयमित हुन उनले निर्देशन दिएका छन्।"पार्टीभित्र वा बाहिर कसैमाथि पनि आरोप–प्रत्यारोप वा रुखो भाषा प्रयोग नगर्नुहोला," राउतले भनेका छन्, "आफ्नो गाउँ–ठाउँमा सबैसँग विनम्र भएर प्रस्तुत हुनुहोस्, मतदातालाई धन्यवाद दिनुहोस् र निरन्तर जनताको सेवामा लागिरहनुहोस्।"

वर्तमान राजनीतिक माहोललाई ‘हावाहुरी’को संज्ञा दिँदै अध्यक्ष राउतले यस्तो परिस्थिति स्थायी नहुने दाबी गरेका छन्। कार्यकर्तालाई धैर्य गर्न आग्रह गर्दै उनले लेखेका छन्, "एक–दुई वर्ष मात्रै कुर्नुहोस्, सबै कुरा छर्लङ्ग हुन्छ र फेरि जनता हामीतिरै आउँछन्।" स्पष्ट एजेन्डा र सिद्धान्तले मात्र राजनीतिलाई समाजमा चिरकालसम्म जीवित राख्ने भन्दै उनले परिस्थितिजन्य नतिजाबाट अलिकति पनि विचलित नहुन सम्पूर्ण पङ्क्तिलाई अपिल गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार