मुख्य समाचार
उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर | हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित |

रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको छः महानिर्देशक अधिकारी

Ujyalosandeshonline 11504+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले राजविराजको रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको बताएका छन् । राजविराजको रात्रिकालिन उडानको सुरुवात गर्ने कार्यक्रममा उनले हवाई यातायातको महत्व धेरै नै भएको भन्दै यो रात्रिकालिन उडानले यसलाई अझ सहज बनाएको बताए । 

उनले भने, ‘हवाई यातायातको महत्व दुर्गम क्षेत्रमा, बाढि पहिरो गएको स्थानमा र समस्या परेको बेला धेरै हुन्छ । राजविराजको रात्रिकालिन उडानले सम्भावनाको ढोका खोलेको छ । बिहान कोही मान्छे राजविराजबाट उडेर काठमाडौं गएर काम सकाएर फर्किन सक्ने अवस्था बनेको छ । यसको लागि म सबैलाई धन्यवाद दिन चहान्छु ।’ 

यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि रात्रिकालिन उडानलाई अझ बढाउने बारेमा सोच्नु पर्ने भन्दै यसले पर्यटन बढाउन पनि सहयोग हुने बताए । 

उनले भने, ‘यसलाई अझ अगाडि कसरी लाने, योभन्दा बढाउन के गर्ने भन्ने कुरामा सबैले सोच्नु पर्छ । त्यसको लागि मैले प्रस्ताव पनि गरेको थियो । यसले पर्यटन बढाउन सहज हुन्छ, यसले आर्थिक विकास पनि गर्न सकिन्छ ।’ 

यसको साथै, उनले सांसदको सपथ लिदाँ देखेको सपना साकार भएको भन्दै आजको दिनसम्म आउनको लागि संघर्ष गरेका सबैलाई धन्यवाद दिएका छन् । 

उनले भने, ‘आजको दिनसम्म आउनको लागि संघर्ष गर्नु भएको पार्टीका नेताहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चहान्छु । म सांसद भएको सपथ लिएकै दिन तेस्रो नम्बरको पत्र यही विषयमा थियो कि यहाँबाट दुईवटा फ्लाइट सञ्चालन हुनुपर्छ र नाइट भिजन जडान हुनुपर्छ भनेर थियो । हाम्रो सपना जुन थियो त्यो साकार हुदैँछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार