मुख्य समाचार
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो |

‘लगानीमैत्री वातावरण बनाउन ऐन संशोधन प्रक्रिया सुरु भइसक्यो’

Ujyalosandeshonline 11907+ समाचार ( )
४ वैशाख २०८१, मङ्गलबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लगानीमैत्री वातावरण बनाउनका लागि आवश्यक ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको बताएका छन् । 

राजधानीमा मंगलबार नेपाल उद्योग परिसंघको २१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने भन्दै त्यसका लागि लगानी सम्मेलनभन्दा अगाडि नै ऐन कानुन संशोधन गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘मैले निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकताका साथ प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धताका साथ अगाडि बढेको थिएँ । मैले आज विहान मात्रै मुख्यसचिवलगायत सम्बन्धित सचिवहरुलाई तुरुन्तै लगानी सम्मेलनभन्दा अगाडि समुच्चमा एकैसाथ ऐनमा संशोधन कहाँ कहाँ के के गर्नु पर्ने हो, वैदेशिक लगानी आकर्षित गर्न, देश भित्रको निजी क्षेत्रलाई ढुक्कसँग लगानीमैत्री वातावरण दिनको लागि पनि ऐन संशोधनको प्रक्रिया सुरु भइसकेको जानकारी गराउँछु । लगानी सम्मेलन अगाडि नै तपाईहरुको समस्या समाधान गर्ने अठोट गरेको छु ।’ 

उनले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै अर्थतन्त्रको सबलीकरण मात्रै नभइ देखिनेगरि नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए । 

संसद्को अधिवेशन अन्त्य गरेर सरकार अध्यादेशबाट कानुन संशोधनको प्रक्रियामा छ । लगानीमैत्री वातावरण बनाउन आधा दर्जन कानुन सच्याउनुपर्ने सूचीमा छन् । आफूहरु प्रक्रियामा रहेको भन्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई आश्वस्त पारे ।

उनले भने, ‘दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ । सोहीअनुरूप मौद्रिक नीतिलाई समेत अगाडि बढाउने छौं । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरूरी छ, त्यसो गरिन्छ ।’

यस्तै, उनले पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचकहरू देखा पर्दै गएको भन्दै चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आसलाग्दो वर्ष हुने विश्वास व्यक्त गरे 

उनले भने, ‘नयाँ वर्षको सुरूआतमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौं । विदेशी लगानी भित्राउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधनको प्रक्रियामा छन् । यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।’

वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको भन्दै विद्युत, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरेको पनि उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार