मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

संघीय योजनाले ओमसतियाको मुहार फेर्दै, सांसद छबिलाल विश्वकर्माद्वारा स्थलगत अनुगमन

Ujyalosandeshonline 12321+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा संघीय सरकारको सहरी विकास मन्त्रालय अन्तर्गत कार्यान्वयन हुने दुईवटा मुख्य योजनाको सहजीकरणका लागि सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।

प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माको विशेष उपस्थितिमा भएको बैठकले योजनाको कार्यान्वयनमा आइपर्ने समस्या समाधान गरी कामलाई तीव्रता दिन गाउँपालिका अध्यक्ष मन्जित कुमार यादवको संयोजकत्वमा एक सहजीकरण समिति गठन गरेको छ ।

चालू आर्थिक वर्षमा स्थानीय पूर्वाधार विकास कार्यालयले कार्यान्वयन गर्ने यी योजनाहरूको स्थलगत अवस्था, काम सुरु गर्ने स्थान, र कार्यान्वयनका चुनौतीबारे छलफल गर्न बैठक आयोजना गरिएको हो। बैठकपश्चात सांसद विश्वकर्मा सहितको टोलीले योजना स्थलको निरीक्षण तथा अनुगमन समेत गरेको छ।

कार्यक्रममा बोल्दै सांसद विश्वकर्माले समयमै योजना सम्पन्न भई जनताले लाभ लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको ओमसतिया मन्दिरसम्मको पहुँचलाई व्यवस्थित गर्न लागिएको बताउनुभयो, जसबाट नेपाल र छिमेकी भारतका समेत भक्तजनलाई सहज हुनेछ। "यी कामहरूको माध्यमबाट ओमसतिया गाउँपालिकाले आफ्नो अनुहार बदल्दैछ भन्ने सन्देश जानेछ," विश्वकर्माले भन्नुभयो।

अनुगमन तथा बैठकमा गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, गाउँपालिका प्रवक्ता एवम वडा नम्बर ५ का वडा अध्यक्ष मदन प्रसाद पोखरेल ,वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश सिंह चौधरी ,वडा नं ४ का वडाअध्यक्ष अखिलेश्वर कुमार पाण्डे, सहरी विकास कार्यालयका वरिष्ठ इन्जिनियर नबोल चौधरी, जिल्ला प्रशासन कार्यालयका अधिकृत विक्रम थापा , विद्युत प्राधिकरण भैरहवाका प्रमुख संजय कुमार मिश्र ,एमाले नेता संजय कुमार गुप्ता ,बेद गिरी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार