मुख्य समाचार
सभापति लामिछाने र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता | सभापति लामिछाने र भारतीय गृहमन्त्री शाहबीच भेट हुँदै | पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक |

प्रथम रारा महोत्सव हुने

दान बहादुर बुढा 45+ समाचार ( )
१७ जेठ २०८२, शुक्रबार

मुगु । मुगुमा कला, संस्कृति भेषभुषा र पर्यटनको उत्सवसहित प्रथम रारा महोत्सव हुने भएको छ । कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवद्र्धन र जिल्लाको कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो । छायाँनाथ रारा नगरपालिकाको संरक्षणमा र एचआर मिडिया प्रालिको आर्थिक सहयोगमा प्रथम रारा महोत्सव गर्न लागेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । 

महोत्सव आगामी जेठ १८ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ । रारा तालको पर्यटन प्रवद्र्धन गर्न र जिल्लाका कला, संस्कृति, भेषभुसाको उजागर तथा प्रचारप्रसार गर्ने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको एचआर मिडिया प्रालिले जनाएको छ । राराको पर्यटकीय सम्भावना र मुगुको सांस्कृतिक क्रियाकलापको प्रस्तुतिसहित स्थानीय उत्पादन बजारिकणसँग केन्द्रित रहनेछ ।

जिल्लामा उत्पादन हुने वाणिज्य र औद्योगिक सामग्रीको बजारीकरण, कला सांस्कृतिक भेषभुसा र परम्पराको संरक्षण र राराको पर्यटन प्रवद्र्धनको लागि महोत्सव गर्न लागिएको महोत्सवका अध्यक्ष नरेश भामले बताए । आयोजकका अनुसार महोत्सवमा ४० स्टल राखिने छ ।

स्टलमा मुगुमा पाइने सबै प्रकारका वाणिज्य र औद्योगिक सामग्री उपलब्ध हुने छन्  । स्टल राख्दा बाहिरी जिल्लाको भन्दा स्थानीय ब्यापारीलाई ३० प्रतिशतले छुट दिइने छ । महोत्सवले राराको पर्यटन, मुगुको सांस्कृतिक तथा आर्थिक व्यापार प्रवद्र्धनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रथम रारा महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति रहने एचआर मिडिया प्रालिका सदस्य सान्ताराम सेन्चुरीले बताए ।

मुगुमा आजसम्म कुनैपनि ठूलो महोत्सवको आयोजना भएको छैन । यो महोत्सव पहिलो पटक आयोजना भएको र रारा ताल नजिक छायाँनाथ रारा नगरपालिका– ८ बाम्नी चौरमा हुने भएको छ ।महोत्सव कुनै निकायबाट सहयोग नभइ यहाँका युवा मिलेर आयोजना गरेको प्रथम रारा महोत्सवका सल्लाहकार दिपेन्द्र भामले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार