मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |
मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |


मन्थलीमा कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी सुरु

Ujyalosandeshonline 12321+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

रामेछाप । रामेछापको मन्थलीमा कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी सुरु  भएको छ । कृषि, जलस्रोत, वन, कला, संस्कृतिको जगेर्ना गरौँ उद्योग पर्यटनको प्रवर्धन गरौँ भन्ने मूल नाराका साथ जिल्लाको सदरमुकाम मन्थलीमा बुधबारबाट सुरु भएको प्रदर्शनी ११ दिनसम्म चल्नेछ । 

प्रदर्शनीको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले गरे । कार्यक्रम उद्घाटन गर्दै वैद्यले सरकाले एकैपटक नौ वटा कानुन परिवर्तन गरिदिएर उद्योग व्यवसाय प्रवर्धनको बाटो खोलिदिएको बताए ।

‘अहिलेको सरकारले उद्योग, व्यवसायको क्षेत्रमा लगानी गर्ने वातावरण बनाइदिएको छ’, उनले भने ।  व्यावसायिक क्षेत्र धराशायी हुँदा राष्ट्र नै धराशायी हुने भएकोले यो केवल व्यक्तिगत कुरा मात्र नभएको उनले बताए । यस्ता मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने उनको धारणा छ । 

अहिले देश आर्थिक हिसाबले निक्कै अप्ठेरो स्थितिमा रहेको बताउँदै वैद्यले देशलाई यसबाट बाहिर निकाल्नै पर्ने बताए । यसको लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको उनले स्पष्ट पारे । 

कार्यक्रममा प्रदेश सभा सदस्य एवं प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्द कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र र राज्यलाई बलियो बनाउने गरी अहिलेको सरकार लागि रहेको बताए ।  जिल्लामा उत्पादित घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरूको प्रवद्र्धन गर्न महोत्सवले महत्त्व राख्ने उनले बताए ।  

अहिले देशमा केही भएन, केही भएको छैन भन्दै अनेक थरीका शक्तिहरूले निराशाको खेती गरिरहेका बताउँदै श्रेष्ठले यस्ता शक्तिले राज्यलाई कमजोर बनाउने बताए ।   ‘राज्यलाई कमजोर बनाउन राजनीतिक, सामाजिक, धार्मिक, पत्रकारिता अनेक क्षेत्रका नाममा यस्ता काम भएका उनको भनाइ छ । 

सरकार हिजोको अवस्थामा परिवर्तन गर्ने गरी आर्थिक, सामाजिक परिवर्तनको दिशामा अघि बढेको उनले बताए । उद्योग, व्यवसाय प्रवर्धनको लागि सरकार लागि रहेको श्रेष्ठको भनाइ छ । 

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ, जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेमसागर थापा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डिबी बस्नेत, नेपाल उद्योग वाणिज्य महासंघ वाग्मती प्रदेश अध्यक्ष दीलसुन्दर श्रेष्ठ, नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्की, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, नेकपा माओवादी केन्द्रका नेता उद्धव रम्तेल लगायतले रामेछापमा कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास र सम्भावना बारे आ–आफ्ना धारणा राखेका थिए । 

जिल्लामा उत्पादन भएका कृषि तथा पशु उपज, लघु तथा घरेलु उद्योगबाट उत्पादित सामाग्री, हस्तकला, जातीय संस्कार तथा संस्कृति झल्काउने झाँकीका अतिरिक्त कला क्षेत्रका विभिन्न विधा समावेश गरिने मेलामा  ७५ वटा स्टल राखिएका छन् । मेलामा विभिन्न सांगीतिक कार्यक्रमका साथै मनोरञ्जन समेत दिइने आयोजकले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार