मुख्य समाचार
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | गुमेको दृष्टि फर्किँदा... | रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन | आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा | बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन |
मुख्य समाचार
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | गुमेको दृष्टि फर्किँदा... | रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन | आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा | बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन |


रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

Ujyalosandeshonline 12258+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

जनकपुरधाम । रसुवाको भोटेकोशी आएको बाढीपछि सम्पर्कविहीन भएको दुई सातासम्म पनि श्रीमान्को पत्ता नलागेपछि जनकपुरधामका पूजा साहको चिन्ता अझै बढ्दै गएको छ । आफ्ना श्रीमान् अझै जीवित र सकुशल रहेको विश्वासमा रहेका पूजाले सामाजिक सञ्जालमा श्रीमान् इन्जिनियर अजयप्रसाद सिंहलाई भावुक सन्देश लेख्दै उहाँको खोज र उद्धारका लागि सरकारसँग अपिल गर्नुभएको छ । 

रसुवास्थित युटी २१६ एमड्ब्लु डूसन पावर हाउसमा कार्यरत सिंह यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन् । बाढीपछि सम्पर्कविहीन हुनुभएको १३ दिनसम्म सम्पर्कमा नआएपछि परिवारजनमा चिन्तित र छटपटी बढ्दै गएको छ । लामो समयसम्म कुनै खबर नआएपछि सिंहको अवस्था पत्ता लगाई खोज तथा उद्धार गरिदिन श्रीमती पूजासहित परिवारजनले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

श्रीमान्सँग सम्पर्क हुन नसकेपछि पूजा साहले उहाँ जहाँ भए पनि सकुशल रहेको खबर गरिदिन भावुक अपिल गर्नुभएको छ । “तिमी जहाँ छौँ, जस्तो छाँै, मलाई खबर गर, म आफैँ आउँछु, तिमीलाई लिन । बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ,” उहाँले भन्नुभएको छ । श्रीमान्को प्रतीक्षामा रहनुभएका साहले सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको प्रतीक्षामा रहेको बताउनुभयो । “हाम्रो नानी अझै बाबाको भिडियो कलको प्रतीक्षामा छिन् । बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्,” उहाँले भावुक हुँदै भन्नुभयो ।

उहाँले आफूलाई अन्य केही नचाहिएको भन्दै श्रीमान् सकुशल घर फर्काइदिन सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ । “मैले अब केही मागेकी छैन, बस् मेरो श्रीमान् जहाँ हुनुहुन्छ, त्यहीँबाट सकुशल घर फर्काइदिनुहोस्,” उहाँको आग्रह छ । सिंहको खोज तथा उद्धारका लागि परिवारले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विपद् व्यवस्थापन निकायको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी खोजी अभियान सञ्चालन गर्न माग गरेको छ ।

पूजाका अनुसार मैलुङ बजार, क्याम्प आसपासका सम्भावित क्षेत्र, ठाडेगाउँ, राम्चे, ग्राङ, बटार, कालिकास्थान, धुन्चे, भोर्ले, यार्सा, मैलुङडाँडा तथा मैलुङ बजार आसपासका क्षेत्रमा खोजी आवश्यक छ । साथै जङ्गल, पहाडी तथा अन्य सम्भावित स्थानमा ड्रोन र उद्धार टोली परिचालन गरी खोजी गर्न उहाँले आग्रह गर्नुभएको छ । “हामीलाई थाहा छैन, हाम्रा प्रियजनहरू कहाँ र कुन अवस्थामा छन् । सायद कतै उद्धारको आशामा बस्नुभएको होला, सायद कसैको सहयोगको प्रतीक्षा गरिरहनुभएको होला,” पूजाले भन्नुभयो, “त्यसैले अब प्रश्न एउटै छ–उद्धार किन भइरहेको छैन ?”

उहाँका अनुसार सिंहसहित सम्पर्कविहीन भएकाहरूको खोजीका लागि उद्धार टोली पठाउने आश्वासन दिइए पनि प्रभावकारी रूपमा खोजी हुन नसकेको परिवारजनको गुनासो छ । बिहान ड्रोनसहितको रेस्क्यु टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसोसम्म टोली घटनास्थलमा पुग्न नसकेको उहाँले बताउनुभयो । श्रीमान्को खोजीका लागि आफू दिनभर एक कार्यालयबाट अर्को कार्यालय धाउने, फोन गर्ने र अनुरोध गर्ने अवस्थामा पुगेको पूजाले बताउनुभयो । समय बित्दै जाँदा पीडा र चिन्ता झन बढ्दै गएको उहाँको भनाइ छ ।

“हामी तपाईंहरूको कार्यालय धाउँदै–धाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका छौँ । अब के गर्ने ?”, उहाँले प्रश्न गर्नुभयो । पूजाले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा सरकारका सबै जिम्मेवार पक्षलाई तत्काल स्थलमा खोज तथा उद्धार टोली, ड्रोन र आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गर्नुभएको छ ।उहाँले आफ्नो श्रीमान्को मात्र नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग माग गर्नुभएको छ ।

“अब आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ । हाम्रा मानिसहरूलाई खोजिदिनुहोस्, उद्धार गरिदिनुहोस्,” पूजाले भन्नुभयो । भोटेकोशी बाढीपछि लामो समयसम्म आफन्तको अवस्था अज्ञात रहँदा सिंहको परिवारसहित अन्य परिवारसमेत निरन्तर चिन्तामा छन् । सम्भावित सबै क्षेत्रमा समन्वयात्मक रूपमा खोज तथा उद्धार अभियान तीव्र बनाउन पीडित परिवारले सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

रसुवाको भोटेकोशी नदी आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३२ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बाढीमा परेर हराइरहेका मधेस प्रदेशका २२० जनामध्ये ३८ जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन भएकामध्ये सप्तरीका एक जना र बाराका एक जना गरी दुई जनाको शव फेला परेको र १८० जना अझै सम्पर्कविहीन रहेको प्रवक्ता ढकालले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार