मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

अन्तरिम सरकारको आदेशले बंगलादेशमा हिन्दू कर्मचारी त्रासमा

Ujyalosandeshonline 12321+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले एक पत्र जारी गरेपछि त्यहाँ बसोबास गर्ने हिन्दू अधिकारी र कर्मचारीहरूमा त्रास सिर्जना भएको छ । पत्रमा सबै मन्त्रालयहरूमा काम गर्ने हिन्दू अधिकारीहरूको पूर्ण सूची मागिएको छ । यस सूचीमा देशका सबै मन्त्रालय र विभागमा कार्यरत समान र उच्च स्तरका सहसचिव सहितका हिन्दू कर्मचारीहरूको विवरण संकलन गर्न भनिएको छ ।

अगस्त २७ मा जारी गरिएको यस आदेशले सेप्टेम्बरको पहिलो साताभित्र सबै हिन्दू अधिकारीहरूको विवरण सरकारलाई बुझाउन आदेश दिएको थियो । 

यो आदेश सबै मन्त्रालयहरूमा गोप्य रूपमा पठाइएको थियो । यस आदेशपछि बंगलादेशका सबै मन्त्रालयहरूमा हलचल मच्चिएको छ, जहाँ हिन्दू अधिकारीहरू कार्यरत छन् । आदेशमा पदाधिकारी र कर्मचारीको पूरा विवरण सँगै सफ्ट र हार्ड प्रतिलिपि उपलब्ध गराउन भनिएको छ ।

फ्रीडम फर हिन्दू राइट्स इन बंगलादेशका सोमेश बनर्जीले अमर उजाला डट कमसँग कुरा गर्दै, यस आदेशले यहाँ काम गर्ने हिन्दू कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना गरेको बताए । उनले भने, ‘अगस्त ५ पछि बंगलादेशका विभिन्न विश्वविद्यालयबाट करिब ५० हिन्दू शिक्षकलाई निकालिएको छ । अहिले यस्तो आदेशले हिन्दूहरूमा डर पैदा गरेको छ ।’

बंगलादेश सरकारले यस सूचीलाई आगामी हिन्दू रीतिथिति र चाडपर्वका अवसरमा सम्बद्ध अधिकारी हरू लाई बोलाउन तयार पारिएको बताएको छ । तर, फ्रिडम फर हिन्दू राइट्स इन बंगलादेशको संगठनले यस तर्कलाई स्वीकार गरेको छैन, र यसलाई डरको वातावरण सिर्जना गर्ने कदमको रूपमा हेरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार