मुख्य समाचार
गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह | असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान | नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै | नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा | विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौंः शिक्षामन्त्री पोखरेल | हरितालिका पर्व : पशुपति क्षेत्रमा बिहानैदेखि महिला व्रतालुको लाम | बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला | माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत | देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’ भन्ने सन्देश |

जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा जडान

Ujyalosandeshonline 12311+ समाचार ( )
१० माघ २०८१, बिहीबार

बाँके । बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामूदायिक वनमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि उक्त वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ । बुधबार राप्तीसोनारी गाउँपालिका ८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएपछि सब डिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामेरा जडान गरिएको हो ।

सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माका अनुसार सामूदायिक बन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान सुरु गरिएको हो । 

स्थानीयले सामूदायिक बन क्षेत्रमा बाघ आक्रमण बढेको गुनासो गरेपछि क्यामेरा जडान गरिएको र बाघसँग सचेत हुनुपर्ने बताए । उनले भने,‘बाघ नियन्त्रण गर्ने भन्ने कुरा हँदैन् । यसका लागि आफैं सजग बन्ने हो । हामीले जनचेतनाका कार्यक्रमहरु अघि सारेका छौं ।’

बुधबार सोही वडामा रहेको उक्त सामूदायिक बनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवा मध्य कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको आशंका गरिएको थियो । 

भगवती सामूदायिक वनका अध्यक्ष टिकाराम वलीले उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गरे । वलीका अनुसार जंगलमा बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरु भने देखिने गरेको थियो ।

उनले भने,‘स्थानीयबासीहरु निकुन्जमा भएका जनावरहरुले दुःख दिने गरेको गुनासो आइरहेको थियो । जनावरहरु निकुन्जमा मात्र बस्छन भन्ने छैन् , हाम्रो बनमा पनि आएको हुनसक्छ । बाघ वा चितुवाले उहाँलाई आक्रमण गरेको हुनसक्छ ।’

यसअघि पनि गाउँलेका १० वटाजति बाख्रा मारेको र मानवीय क्षति नभएको उनले बताए । उनले वन क्षेत्रमा हाल क्यामेरा जडान गरिएको जानकारी दिए । ‘बन क्षेत्रमा बाघ त देखिएको थाहा भएन तर निकुन्जमा बाघको संख्या बढेको पाइन्छ,’ उनले भने । महेन्द्रराजमार्गदेखि एक किलोमिटर पुर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो । उक्त बन नजिकै बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्दछ ।

घटना स्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, सब डिभिजन वन कार्यालय बाँके, ईलाका प्रहरी कोहलपुर बाँके र स्थानीयहरुको सामूहिक उपस्थितिमा घट्नाको अध्ययन गर्ने र मुचुल्का तयार गर्ने काम गरिएको छ । साथै फरेन्सिक जाँचको तयारी पनि भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार