मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

प्रधानमन्त्री कप ः
सुदूरपश्चिमको लगातार दोश्रो जित

Ujyalosandeshonline 12208+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा सुदूर पश्चिम प्रदेशले लगातार दोश्रो जित निकालेको छ । मंगलबार भएको खेलमा सुदूरले कर्णाली प्रदेशलाई १ सय ३४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । 

पहिलो ब्याटिङ्ग गरेको सुदूरका लागि खड्क बोहरा, टेक रावत र किरन ठगुन्नाले अर्धशतक प्रहार गर्दै निर्धारित ५० ओभरको खेलमा ५ विकेटको क्षतिमा बिशाल २ सय ७७ रनको योगफल तयार पारेको थियो । खड्क बोहराले १ सय १४ बलको सामना गर्दै ४ चौकाको सहायतामा ८० रन प्रहार गरेका थिए । यस्तै टेक रावतले ९१ बलमा ७ चौका प्रहार गर्दै ५९ रन बनाए ।  किरन ठगुन्नाले ३३ बलमै २ छक्का र ५ चौकाको सहायतामा ५० रन बनाउदा नारायण जोशीले १२ बलमा टिमको लागि महत्वपूर्ण ३१ रनको योगदान गरे । 

बलिङ्गमा कर्णाली प्रदेशका लागि दिनेश अधिकारी, युनिस सिंह, दिपेन्द्र रावत र प्रकाश जैसीले समान १÷१ विकेट लिए । 

२ सय ७८ रनको लक्ष्य लिएर मैदान प्रवेश गरेको कर्णाली प्रदेश ३७ दशमलव २ ओभरमा १ सय ४३ रन बनाउदा आफ्नो सबै विकेट गुमायो । कर्णालीका लागि दिवन पुनले ३८ रन, अर्जुन घर्तिले २४ रन र दिनेश अधिकारीले २० रन बनाए।  

कर्णालीलाई सस्तोमा समेट्ने क्रममा सुदूरका शेर मल्लले १० ओभरमा ३५ रन खर्चिदै महत्वपूर्ण ४ विकेट लिए । यस्तै बिकास आग्रीले ८ ओभरमा २ मेडन सहित २७ रन खर्चिएर २ विकेट लिए । ८० रन बनाउनुभएका सुदूर पश्चिम प्रदेशका खड्क बोहरा प्लेयर अफ द म्याच घोषित भए ।

भैरहवाको सिद्धार्थ रङ्गशालामा बिहिबारको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेश बिच हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार