मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

महेन्द्र प्रसाद उपाध्याय राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीकोसभापतिमा निर्वाचित

Ujyalosandeshonline 12444+ समाचार ( )
२५ जेठ २०८३, सोमबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही जिल्ला अधिवेशनमा महेन्द्र प्रसाद उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । निर्वाचन समितिले जेठ २४ गते सम्पन्न अधिवेशनबाट जिल्ला समिति तथा पाँचवटै क्षेत्रीय समितिको निर्वाचन परिणाम सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजाअनुसार जिल्ला सभापतिमा महेन्द्र प्रसाद उपाध्याय २९६ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी आशिष न्यौपानेले १४३ मत प्राप्त गरेका छन् । 

उपसभापतिमा दुर्गा प्रसाद खनाल २३८ मतसहित विजयी भएका छन् भने रचना क्षेत्रीले १८९ मत प्राप्त गरिन । सचिव पदमा ज्ञानेन्द्र पाण्डे २३७ मतसहित निर्वाचित हुँदा मोहन बिक्रम जी.सी.ले २०३ मत प्राप्त गरे । सहसचिवमा बाबुराम अर्याल २७९ मतसहित विजयी भए भने प्रेम नारायण तिवारीले १४४ मत प्राप्त गरे । 

महिला सदस्यतर्फ शर्मिला आचार्य ३२२ मत र अनिता पन्थी २६७ मतसहित निर्वाचित भएका छन् । दलित सदस्यमा रामनाथ हरिजन १७२ मतसहित विजयी भए । खुला सदस्यतर्फ राजबहादुर क्षेत्री २४० मत र जमुना सापकोटा १६० मतसहित निर्वाचित भएको निर्वाचन समिति प्रमुख पार्थिवेन्द्र उपाध्यायले जानकारी दिए । 

यसैगरी क्षेत्रीय संयोजकतर्फ क्षेत्र नं. १ मा खडानन्द पौडेल, क्षेत्र नं. २ मा मोहन प्रसाद भुसाल, क्षेत्र नं. ३ मा छबिलाल शर्मा, क्षेत्र नं. ४ मा विश्वनाथ शर्मा तथा क्षेत्र नं. ५ मा शेषकान्त गैरे ‘समिर’ निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

क्षेत्र नं. ३ को संयोजक पदमा छबिलाल शर्माले ६७ मत प्राप्त गरी विजय हासिल गर्दा प्रतिस्पर्धी विष्णु प्रसाद पौडेलले ५४ मत र किसुन चन्द्र चौधरीले १६ मत प्राप्त गरेका थिए । क्षेत्र नं. २ का संयोजक मोहन प्रसाद भुसालले ४९ मत प्राप्त गरेका छन् ।

तस्विर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा निर्वाचित महेन्द्र प्रसाद उपाध्याय ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार