मुख्य समाचार
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन | नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल | उद्योगी-व्यवसायीको सरकारलाई आग्रह: घुमाउरो कर नीति होइन, स्पष्ट नियम ल्याऊ | कास्कीमा बिहान आठ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा | कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल | विगत दश वर्षमा सत्ता र शक्तिका लागि गलत अभ्यास भए : सभापति थापा | अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने | ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै | पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने | तेह्र स्थानीय तहले ल्याएनन् चालु आवको बजेट |

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

Ujyalosandeshonline 11796+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिनुभयो ।आव २०८१÷८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारवाहीबाट रु दुई करोड ५१ लाख १९ हजार ५०२ राजस्व सङ्कलन गरेको थियो ।

त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२÷८३ मा भएको एक हजार २० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनमा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने एक हजार ६७६ जना घाइते भए । अघिल्लो आव २०८१÷८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्युु भएको थियो । ती घटनामा एक हजार ५५४ घाइते भएका थिए । सडक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक बर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताउनुभयो । पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार