मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

Ujyalosandeshonline 12612+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने १३ हजार ४१६ सवारी कारवाहीबाट रु एक करोड १४ लाख ३६ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिनुभयो ।आव २०८१÷८२ मा ३२ हजार १५७ सवारी चालकमाथि गरिएको कारवाहीबाट रु दुई करोड ५१ लाख १९ हजार ५०२ राजस्व सङ्कलन गरेको थियो ।

त्यस अवधिमा सिरहा जिल्लामा आव २०८२÷८३ मा भएको एक हजार २० सवारी दुर्घटना भएका थिए । ती दुर्घटनमा परी ६२ पुरुष, सात महिला र १२ जना बालबालिकाको मृत्यु भएको थियो भने एक हजार ६७६ जना घाइते भए । अघिल्लो आव २०८१÷८२ मा सिरहामा ९६७ सवारी दुर्घटना हुँदा ६४ पुरुष, १४ महिला र ११ बालबालिकाको मृत्युु भएको थियो । ती घटनामा एक हजार ५५४ घाइते भएका थिए । सडक अवस्था, मानवीय लापरवाहीलगायतका कारण सवारी दुर्घटना केही बढे पनि विगतका तुलनामा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या त्यस आर्थिक बर्षमा घटेको प्रहरी निरीक्षक मरासिनीले बताउनुभयो । पछिल्लो वर्षमा ट्राफिक सचेतना र नियमित जाँचका कारण सवारी दुर्घटनामा कमी आएको विश्वास गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार