मुख्य समाचार
स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा |
मुख्य समाचार
स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा |


मर्चवार क्षेत्रका सामुदायिक विद्यालयहरूको एसईई नतिजा निरासाजनक

हृदयराम गुप्ता 8+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

मर्चवार । विद्यालयको शैक्षिकस्तर, परीक्षाको नतिजाबाट मापनगरिन्छ । एसईई परीक्षा २०८०को परिणामले मर्चवार क्षेत्रका सामुदायिक विद्यालयहरूको शैक्षिकअवस्थालाई देखाएको छ । परीक्षा परिणाम अनुसार मर्चवार क्षेत्रका १७ वटा सामुदायिक विद्यालयको शैक्षिक अवस्था निरासा जनक छ ।

एसईई परीक्षाका नतिजा र विद्यालयहरूको शैक्षिक स्तरको तुलनाले क्षेत्रीय शिक्षा व्यवस्थाको स्थिति उजागर गरेको स्थानीयबासीको भनाइ छ । कोटहीमाई १ का महेश्वर मुराव भन्छनः ‘विद्यालयमा पढाइ भन्दा राजनीतीको असर बढी छ । ब्यवस्थापन समितीको चुनावमा रक्सी, मासु र पैसा बाटेर चुनाव जितेकाहरूबाट शैक्षिक गुणस्तर बृद्धिको आश गर्न सकिन्न । मर्चवारको सामुदायिक विद्यालय प्रति न त गाउँपालिका जिम्मेवार बन्न सकेको छ त शिक्षक ।’ 

मर्चवार क्षेत्रकाविद्यालयहरूकोएसईई नतिजा :

सम्मरीमाईगाउँपालिकाः

  • कृषक आदर्श माध्यमिकविद्यालय बेतकुइयाँः १६८ सहभागीविद्यार्थीहरूमा ३७जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.१७
  • मुडिला माध्यमिकविद्यालयः ९६ विद्यार्थीहरूमा ८ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.४९
  • ज्ञान ज्योतिमाध्यमिकविद्यालय, थुम्हवाः ५६ विद्यार्थीहरूमा १ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए २.९१
  • जनतामाध्यमिकविद्यालय, बिजगौरीः ६२ विद्यार्थीहरूमा ३ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए २.८०
  • असुरैना माध्यमिकविद्यालयः ४९ विद्यार्थीहरूमा ३ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए २.९८

कोटहीमाई गाउँपालिकाः

  • लालबिहारी माध्यमिकविद्यालयः २५ विद्यार्थीहरूमाकुनै पनिविद्यार्थी उत्तीर्ण हुन सकेन।
  • जानकीमाध्यमिकविद्यालयः ५२ विद्यार्थीहरूमाकुनै पनिविद्यार्थी उत्तीर्ण हुन सकेन।
  • पब्लिकभिजनइंग्लिशबोर्डिङ स्कूलः ५३ विद्यार्थीहरूमा ३७जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.६
  • शिवशक्तिइंग्लिशबोर्डिङ स्कूलः १० विद्यार्थीहरूमा ८ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.९
  • मर्चवार आदर्श माध्यमिकविद्यालयः १ सय १७विद्यार्थीहरुमा ५ जनाउत्र्तीण भएका छन् उच्चजिपिए ३.०९
  • मर्यादपुर माध्यमिकविद्यालय ः १ सय १ विद्यार्थीहरुमा २० जानउत्र्तीण भएका छन्, उच्चजिपिए ३.४ 
  • बोगडी माध्यमिकविद्यालयः१ सय ९ विद्यार्थीहरुमा२१ जनाउत्र्तीण भएका छन् , उच्चजिपिए ३.४
  • श्रीराममाध्यमिकविद्यालय ः ५१ विद्यार्थीहरुमा ३ जनाउत्र्तीण भएका छन् ।
  • तुनिहवामाध्यमिकविद्यालय ः ४४ विद्यार्थीहरुमा१ जनाउत्र्तीण भएका छन्, उच्चजिपिए २.६३ 

मर्चवारी गाउँपालिकाः

  • जनतामाध्यमिकविद्यालयः १६२ विद्यार्थीहरूमा २८ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.७९
  • ठर्की माध्यमिकविद्यालयः १२४ विद्यार्थीहरूमा २१ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.७३
  • श्रीमती मनराजीदेवीमाध्यमिकविद्यालयः २०५ विद्यार्थीहरूमा ३० जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.५९
  • अमवामाध्यमिकविद्यालयः ९२ विद्यार्थीहरूमा २१ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.२३ 
  • बगौलीमाध्यमिकविद्यालयः १०७विद्यार्थीहरूमा २६ जना उत्तीर्ण भएका छन्, उच्चजिपिए ३.३५
  • बागेश्वरी सेकेन्डरी बोर्डिङ्ग स्कूल ः ३२ विद्यार्थीहरुमा २२ जनाउत्र्तीण भएका छन्, उच्चजिपिए ३.४०

मर्चवार क्षेत्रको शिक्षा प्रणालीमा एकदमै असमानता छ । केहीविद्यालयमाउत्कृष्ट जिपिए र उत्तीर्ण दर सुधारात्मक छ भने, धेरै विद्यालयहरूमाविद्यार्थीको उत्तीर्ण दर अत्यन्तै कमजोर छ । कोटहीमाईको लालबिहारी र जानकी माध्यमिक विद्यालयको परिणाम शून्य देखिएको हुँदात्यहाँको शैक्षिक अवस्था लाई असफल देखाएको छ, जगन्नाथ प्रसाद कुर्मीले भने, ‘शिक्षा क्षेत्रमा सुधारको लागि स्थानीय सरकार, शिक्षक, अभिभावक, र विद्यार्थी समेत मिलेर काम गर्न आवश्यक छ । शिक्षक दरबन्दीको समस्या समाधान गर्न र शैक्षिकवातावरणलाई सुधार्नका लागिप्रभावकारी कदमचाल्नुपर्ने छ। शिक्षा प्रणालीको दीर्घकालीन सुधारका लागि सबै सँगै कार्य गर्दा मात्रशैक्षिकस्तर सुधार गर्न सकिन्छ।’

रुपन्देही जिल्लामा रहेका ३ सय ३९ विद्यालयबाट १८ हजार ४ सय ४८ विद्यार्थी परिक्षामा सहभागी भएकोमा ८ हजार ६ सय ५५ जनामात्र उत्तीर्ण भएको जिल्लाशिक्षातथा समन्वय ईकाइप्रमखु माधव बन्जाडेले जानकारी दिए । उनले दिएको जानकारी अनुसार ओमसतिया गाउँपालिकामा सामुदायिक विद्यालयबाट सहभागी २ सय २२ मध्ये १४ जना, कञ्चन गाउँपालिकाबाट ९ सय ७मध्ये ४ सय ३५ जना, देवदहनगर पालिकाबाट १ हजार १ सय ९३ मध्ये ५ सय ७२ जना उत्तीर्ण भएका छन् । सैनामैना नगरपालिकाबाट सहभागी १ हजार ५ सय ७९ मध्ये ८ सय ४९ जना तथा तिलोत्तमा नगरपालिका बाट सहभागी ३ हजार १९ विद्यार्थी मध्ये १ हजार ८ सय ३० विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । 

त्यसैगरि बुटवल उप महानगरपालिकाबाट सहभागी ४ हजार १ सय ५ विद्यार्थी मध्ये २ हजार ७ सय ८२ विद्यार्थी उत्तीर्ण भएका छन् । सिद्धार्थनगर नगरपालिकाबाट १ हजार ५ सय ९७मध्ये ७०८ जना,

रोहिणी गाउँपालिबाट सहभागी ६ सय ५ विद्यार्थी मध्ये १ सय ३१ जना, गैडहवा गाउँपालिकााट ५ सय ५६ जनामध्ये १ सय ३१ जना उत्तीर्ण भएका छन् । मायादेवीगाउँपालिका७ सय ६३ मध्ये २ सय ४ जना उत्तीर्ण भएका छन् । शुद्धोधन गाउँपालिकाबाट सहभागी ६ सय २१ जनामध्ये २ सय १३ जना, सियारी गाउँपालिकाबाट सहभागी७ सय ७३ मध्ये ३ सय ८८ जना उत्तीर्ण भएका छन् भने लुम्बिनी साँस्कृतिकनगरपालिकाबाट सहभागी ९ सय ७विद्यार्थी मध्ये १ सय २२ जना उत्तीर्ण भएका छन् ।

कोटहीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकीले, देशभरका एसईई नतिजा निराशाजनक रहेको बताइन्। उनले शिक्षा प्रणालीको कमजोर अवस्था, शिक्षक दरबन्दीको अभाव, र अभिभावकमा समेत जागरूकताको कमीलाई प्रमुख कारणको रूपमाउल्लेख गरिन् ।

उनले भनिन ‘मुख्यता दक्षिणी क्षेत्र मर्चवारका विद्यालयहरूमा तहअनुसार शिक्षक दरबन्दी छैन । माध्यमिकतहमा दरबन्दी नहुँदा प्राथमिक तहका शिक्षकहरुद्वारा अध्यापन कार्य गराउन बाध्यताले पनि शैक्षिक अवस्था राम्रो हुन सकेको हो ।’ शिक्षक दरबन्दी केन्द्र तहको सरकारले सिर्जना गर्ने भएको हुँदा र स्थानीय सरकारसँग सिमितश्रोत साधनका कारण पनिपर्याप्त शिक्षक हुन नसकेको शिक्षा अधिकृत बुढाथोकीले बताइन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार