मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |
मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |


लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि पुन र श्रेष्ठलाई

Ujyalosandeshonline 12448+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

लुम्बिनी । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधी बाग्लुङका तीर्थ पुनले जितेका छन् ।

पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि संगै  नगद ५ लाख रुपैयाँ, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यस्तै, सो दुरीलाई २ घण्टा २१ मिनेट ११ सेकेण्डमा भट्टाउदै  नेपाली सेनाका खड्क बहादुर खड्काले द्धितीय स्थानमा आए । उनले नगद ३ लाख सहित रजत पदक र प्रमाणपत्र पाए । त्यस्तै कर्णाली –जुम्ला)का दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेण्डमा सो दुरी पुरा गर्दै तुतीय स्थान प्राप्त गर्दै उनले २ लाख रुपैयां पाए ।

प्रतियोगितामा अनिस थापा चौंथो स्थानामा रहे । उनले १ लाख रुपैया पुरस्कार पाए । त्यसै गरी  किरण बोगटी पांचौं, सुशिल कुमार शाही छैठौं, होमलाल श्रेष्ठ सातौं, जुनेश खड्का आठौं, राजन चौधरी नवौं र प्रकाश गैरे ले दशौं स्थान हांसिल गरे । पाचौ देखि १० औं स्थानसम्म आउनेले क्रमश ८०, ६०, ४०, २०, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे ।

महिलातर्फको हाफ म्याराथनको उपाधी सन्तोषी श्रेष्ठले जितेकी छन् । धावीका श्रेष्ठले निर्धारित २१ दशमलब १ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधी जितेकी हुन् । त्यस्तै, नेपाली सेनाको पुर्णराज्यलश्रमी न्यौपानेले १ घण्टा १९ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै दोस्रो स्थानमा आउन सफल भईन् ।

एपीएफकी पुष्पा भण्डारीले सो दुरी  १ घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा आईन् । विजेता श्रेष्ठले  स्वर्ण पदकसहित २ लाख, न्यौपनेले रजत पदक र  १ लाख ६० हजार तथा भण्डारीले काश्य पदक र १ लाख २० हजार रुपैंयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, ५ किलोमिटरको विद्यालय छात्रातर्फ अरुणा चौधरी प्रथम, कुसुम ठगुना द्धितीय र भुमा चौधरी तृतीय हुन सफल भए । छात्रतर्फ आशिष कुमार क्षेत्रीले तृतीय, सन्देश पाण्डेले द्धितीय र उमेश बराईले प्रथम स्थान ओगट्न सफल भए । साथै खुला ५ किलोमिटर पुरुषतर्फ नागेश्वर ऐर प्रथम, अक्कल बहादुर पाल द्धितीय र गणेश सिंह राउत तृतीय भए ।

पाँच किलोमिटर दौडको महिला तर्फ सिर्जना पाण्डे प्रथम, आशा राउत द्धितीय र निर्मला केसी तृतीय भएका थिए । ५ किलोमिटरको सबै विधामा प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ः जनही १५, १० र ५ हजार रुपैयां पुरस्कार प्राप्त गरे ।

विजेतालाई आयोजक नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ, चिनियां राजदुत चेन सोङ, लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्य, नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणि लामिछाने र प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले पुरस्कार प्रदान गरे

। म्याराथन, हाफ म्याराथन तथा पाँच किमि दौडको सुरु तथा अन्त लुम्बिनी स्कवायरमा भएको थियो । विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अप्रिल ६(चैत्र २४ शनिवार)को अवसरमा नेपाल ओलम्पिक कमिटिको मुल आयोजना तथा नेपाल स्थित चिनियादुताबास, लुम्बिनी बिकास कोष, नेपाल पर्यटन बोर्ड तथा लुम्बिनी प्रदेश खेलकुद परीषदको सहकार्यमा प्रतियोगिता भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार