मुख्य समाचार
यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित | ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’ | दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन |

अन्तर्राष्ट्रिय महिला फुटबलको तयारी पूरा

Ujyalosandeshonline 12516+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । सोमवारदेखि काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगितामा नेपालसहित म्यानमार, लेबनान र किर्गिस्तानको सहभागिता हुनेछ । 

प्रतियोगिता खेल्नका लागि सहभागि हुने टोलीहरु सबै नेपाल आइसकेको र भोली हुने उद्घाटन खेलमा नेपाल किर्गिस्तानसँग खेल्ने महिला फुटबल टिमका प्रमुख प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । उनले अहिले किर्गिस्तान बलियो भएको र यसले नेपाललाई जित निकाल्न गार्हो हुनेपनि बताए । 

उनले भने,‘किर्गिस्तानसँग ६ वर्ष अगाडि खेल्दा ८—२ भएर जितेका थियौं । पहिले र अहिले  किर्गिस्तानले खेल्ने फुटबल फरक देखिन्छ । हाम्रो पनि बलियो पक्ष भनेको चाहीं ग्रेट स्टक्चर हो । त्यसैले  पनि टिमको संरचना बलियो बनाएर लानुपर्नेछ । काउन्टर एट्याकमा उनीहरु राम्रो देखिन्छ । हामीले जित त निकाल्छौ तर गार्हो चाहीं छ ।’ यस्तै नेपाली महिला टोलीका कप्तान एन्जिला तुम्बापो सुब्बाले प्रतियोगिता नेपालको लागि ठुलो अवसर भएको बताइन् ।     

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार