मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

उपसभामुखलाई पदबाट हटाउने गतल प्रयास भइरहेको छ, त्यसको विरोध गर्छौ : प्रचण्ड

Ujyalosandeshonline 11768+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयास गरिराखेको भन्दै त्यसको विरोधमा उत्रिने निष्कर्ष निकालेको छ । मंगलबार पेरिसडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम केही नगरेको बताउँदै एउटा आदिवासी जनजाति र सामाजिक सेवा गरेको महिलालाई हटाउने प्रयास गलत भएकाले त्यसको विरुद्धमा उभिने बताए । 

उनले भने,‘उहाँहरुको प्रयास त पहिलेदेखि कै हो । तर त्यो गलत गर्दै हुनुहुन्छ उहाँहरु । गल्ती त उहाँहरुले गरि नै राख्नुभएको छ । यो सरकार बनेदेखि नै गल्ती बाहेक राम्रो काम त गरेकै छैन् । एउटा महिला आदिवासी जनजाति, सामाजिक सेवा गरेको महिलालाई हटाउने जुन प्रयास छ त्यो गलत छ । हामी त्यसको विरोध गछौं ।’त्यस्तै उनले उपसभामुख  रानाले नराम्रो काम गरेको भन्ने केही पनि प्रमाण नभएको भन्दै त्यो खाली कपोकल्पीत मात्र भएको बताए । 

त्यस्तै प्रवक्ता अग्नि सापकोटाले बैठकले सरकार अधिनायकवाद बन्दै गइरहेको र उपसभामुखलाई हटाउने प्रयास बदनियत भएको निष्कर्ष निकालेको जानकारी दिए । सरकार अधिनायकवाद र तानाशाहीवादतिर जाँदै छ । उपसभामुखलाई हटाउने जमर्को भइरहेको पनि सुन्नमा आएको छ । यो बेठिक हुन्छ । सरकारको यो कदममा बदनियत देखिन्छ । त्यसैले अब अध्यक्षले सत्तारुढ र विपक्षी दलसँग पनि कुराकानी गर्नुहुन्छ ।’ त्यस्तै उनले भोलि बस्ने गरी बैठक स्थगित गरिएको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार