मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

रुपन्देही-१ बाट निर्वाचित रास्वपा सांसदको घोषणा : 'अबिर जात्रा गर्दैनौं, क्षेत्रमै बसेर काम गर्छौं'

विवेक विश्वकर्मा 26+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

भैरहवा । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुनिल लम्सालले मतदातालाई धन्यवाद दिँदै विजयोत्सव र अबिर जात्रा नगर्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै उनले हालैको 'जेन जी' आन्दोलनका सहिदको सम्मानमा कुनै पनि प्रकारको उत्सव नमनाउने बताएका हुन् । जनताको मतले निर्वाचित भएको यो क्षणलाई आफूले जिम्मेवारीका रूपमा लिएको भन्दै उनले तुरुन्तै जनतामाझ पुगेर काम सुरु गर्ने स्पष्ट पारेका छन् ।

फेसबुकमा मतदातालाई सम्बोधन गर्दै उनले लेखेका छन्, ‘यो निर्वाचन Gen Z आन्दोलनको जगमा भएको परिवर्तनको संकेत पनि हो । त्यस आन्दोलनका सहिदहरूलाई सम्झँदै हामी कुनै उत्सव वा अबिर यात्रा गर्ने छैनौँ ।’ निर्वाचनमा प्राप्त विश्वास र समर्थनप्रति हृदयदेखि आभार व्यक्त गर्दै उनले देशमा व्याप्त भ्रष्टाचार, गैरजिम्मेवारीपन, बेरोजगारी र प्रशासनिक ढिलासुस्ती अन्त्य गर्न आफूहरुले हदसम्मको कठोरता अपनाउने चेतावनी दिएका छन् ।

विगतका सांसदहरु चुनाव जितेपछि काठमाडौं केन्द्रित हुने गरेको गुनासोलाई सम्बोधन गर्दै उनले रास्वपाका सांसदहरु आफ्नै निर्वाचन क्षेत्रमा बसेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अब काठमाडौँमा मात्र होइन, आफ्नै निर्वाचन क्षेत्रमा बसेर जनतामाझ रहँदै काम गर्नेछन्,’ उनले फेसबुकमा लेखेका छन् । 

नागरिकको दैनिक जीवनसँग जोडिएका सार्वजनिक सेवाहरूलाई चुस्त–दुरुस्त बनाउने र राज्यले सुनिश्चित गरेका अधिकारहरू छिटो, प्रभावकारी र सम्मानजनक ढंगले उपलब्ध गराउने उनको वाचा छ । जनप्रतिनिधिको हैसियतले जनताकै माझमा बसेर, जनताकै साथ र सहयोगमा देशलाई सुशासनको बाटोमा अगाडि बढाउने अठोट समेत उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार