मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |

इलाम २ का मतदाताको घरदैलोमा गगन : पहिचानको मुद्दा समाधान गर्ने विश्वास

Ujyalosandeshonline 10996+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापा इलाम २ का गाउँ घुम्दैछन् । महामन्त्री थापा झापा हुँदै चुनावी अभियानको माहोल बनाउन इलाम पुगेका हुन् । आउँदो बैशाख १५ गते हुने उपनिर्वाचनमा कांग्रेसका तर्फबाट चुनावी मैदानमा रहेका डम्बर खड्कालाई भोट माग्न थापा इलाम घुमिरहेका छन् ।

गगनले बिहीबार इलाम क्षेत्र नम्बर २ अन्तर्गत सिकारी भञ्ज्याङमा आयोजित पार्टीको कोण सभालाई सम्बोधन गरे । त्यसक्रममा उनले अहिलेको परिस्थितिमा उचाल्नेभन्दा पनि सम्हालेर लानेको आवश्यक्ता भएको बताए । उत्तेजना र भड्कावको राजनीति गर्न नहुने उनको भनाइ छ ।

महामन्त्री थापाले विगतमा पनि कांग्रेसले कठिन परिस्थितिलाई सम्हालेको स्मरण गराउँदै कोशी प्रदेशमा जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि सम्हालेर अगाडि लैजानुपर्ने बताए । ‘यो बेलामा उचाल्ने होइन सम्हाल्ने पार्टी चाहिएको छ। पहिचानको मुद्दालााई सम्हालेर लैजान सक्नुपर्छ,’, महामन्त्री थापाले भने ।

०४८ मा कांग्रेसले दुई तिहाइ बहुमत पाएको प्रसंग स्मरण गराउँदै उनले त्यसबेला पनि कांग्रेसले उत्तेजनाको कुरा नगरेको बताए । उनले वर्तमान संविधान बन्दै गर्दा पनि नेकपा (एमाले) ले ‘माओवादीलाई ठेगान लगाऔं’ भन्दा कांग्रेसले नै माहोल सम्हालेको दाबी गरे । अब पछिल्लो समय जटिल बन्दै गएको पहिचानको मुद्दालाई पनि कांग्रेसले सही तरिकाले अगाडि बढाउने उनको भनाइ छ ।

पार्टी सभापति शेरबहादुर देउवाले इलाम–२ को चुनावी कमाण्डर अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई बनाए पनि केन्द्रीय नेताहरु इलामका गाउँ घुमिरहेका छन् । पूर्वी नेपालमा पहिचानको मुद्दा पेचिलो बन्दै गएपछि इलाम २ को उपनिर्वाचनमा शीर्ष दलहरु पहिचानवादीहरुसँग डराएको अवस्था छ ।

२०७९ को आम निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित नेकपा (एमाले)का उपाध्यक्षसमेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

कांग्रेसले इलाम–२ मा कांग्रेसका खड्का गत निर्वाचनमा स्वर्गीय सुवास नेम्वाङसँग झिनो मतले पराजि भएपछि देउवाले दोस्रो अवसर दिएका हुन् । नेम्वाङको र खड्काबीचको मतान्तर जम्मा १४४ मात्रै रहेको थियो । कांग्रेस यो उपनिर्वाचनको नतिजा जसरी पनि आफ्नो पोल्टामा पार्ने दाउमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार