लुम्बिनी । लुम्बिनीस्थित राजकीय थाई बिहारमा १५औँ नि:शुल्क आँखा शिविर सुरु भएको छ । सन् २०१० देखि थाइल्यान्डका दिवंगत राजा भूमिबोल अदुल्यादेजको स्मृतिमा सञ्चालन हुँदै आएको यो शिविरमा हजारौँ मोतियाबिन्दु भएका बिरामीहरूको नि:शुल्क शल्यक्रिया गरिनेछ ।
थाई बौद्ध बिहारका प्रमुख भिक्षु सुफोथका अनुसार, यो शिविर लुम्बिनीसहित कपिलवस्तु र नवलपरासीको रामग्राममा पनि सञ्चालन गरिएको छ । शिविरमा काठमाडौंस्थित तिलगंगा आँखा अस्पताल र थाइल्यान्डका आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले बिरामीको उपचार तथा शल्यक्रिया गरिरहेका छन् ।