मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

विद्युतको ट्रान्सर्फमर खोलेर त्यसभित्रका धातु चोरी

Ujyalosandeshonline 12548+ समाचार ( )
१७ माघ २०८१, बिहीबार

रौतहट । पोलमा जडान गरिएको विद्युतको ट्रान्सर्फमर खोलेर त्यसभित्रका धातु चोरी गर्ने घटना पछिल्लो समयमा बढ्न थालेको छ । रौतहटको गौर नगरपालिका –१ स्थित दाल मिलको लागि जडान गरिएको  विद्युत ट्रान्सफर्मर खोलेरभित्र रहेका तामाको धातु चोरी गरी लगेको पाईएको हो । 

११ हजार भोल्ट सप्लाई ट्रान्सफर्मर अज्ञात समूहले तोडफोड गरी भित्र रहेको तामाको क्वाइल चोरी गरेको स्थानीयले बताएका छन ।ट्रान्सफर्मर चोरी भएको घटनाका बारेमा  स्थानीयले प्रहरीलाई खबर गरेपछी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाइएको रौतहट प्रहरी नायव उपरीक्षक दिपक कुमार रायले बताए ।उनका अनुसार  ट्रान्सफर्मर चोरीको घटनामा संलग्नहरूको खोजी भइरहेको छ । 

चोरीको प्रकृति हेर्दा विद्युत सम्बन्धी तालिम प्राप्त व्यक्तिको संलग्नता भएको हुन सक्ने उनको भनाइ छ । ट्रान्सफर्मर खोल्न आधुनिक उपकरणको प्रयोग भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए ।शंकास्पद व्यक्तिहरूलाई खोजी कार्य गर्दै अनुसन्धान अघि बढाइएको उनले बताए  । 

विद्युतको ट्रान्सर्फमरमा महँगो मूल्यको धातु तामा रहने गरेकोले चोर सक्रिय भएको हुन सक्ने स्थानियको अनुमान छ । यस अघि माधवनारायण र मौलापुर नगरपालिकामा पोलमा जडान गरिएको ट्रान्सफर्मर खोलर फालिएको अवस्थामा फेला परेको थियो । विगत केहीवर्ष यता रौतहटमा विद्युत ट्रान्सफर्मर चोरीको घट्ना बढ्दै गइरहेको छ । विद्युत ट्रान्सफर्मर चोरीको घट्ना बढ्दै गएपछि निगरानी बढाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार