मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

पहिरोले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

Ujyalosandeshonline 12611+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

बाजुरा । बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

यसैगरी, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिनुभयो । सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ ।

प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारीसाधनहरु बाटोमा नै रोकिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै