मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

Ujyalosandeshonline 12461+ समाचार ( )
१३ माघ २०८१, आइतबार

हेटौंडा । हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आइतबारबाट १९ माघसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका १२ पुरुष र १२ महिला गरि २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले बताए ।

कार्यक्रममा मकवानपुर सहित झापा, काठमाडौं,दोलखा, रौतहट,भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाके, मोरङ, बारा, र रुकुमपुर्वका खेलाडीहरु सहभागिता जनाउने छन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीहरुले मार्च १० देखि १९ सम्म हुने यसियन जोनलमा सहभागी हुने र उक्त सहभागिताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोश्रो हुनेले नगद १५ हजार तथा तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।

हेटौंडामा हुने प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई आवसीय व्यवस्थापन आयोजकले गर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार