मुख्य समाचार
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन | गौतम बुद्ध विमानस्थल सञ्चालनका लागि स्पष्ट कार्यतालिका ल्याउन सांसद अग्रवालको माग | महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी | सुदूरपश्चिममा सहज छैन मिर्गाैला रोगीलाई ‘डायलासिस’ सेवा | बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार | प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै | कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस | फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट | अर्घाखाँचीमा अवैध मदिरासहित बस र चालक नियन्त्रणमा | नेपाल आँखा अस्पताल र सिद्धार्थ बैंकबीच सम्झौता |

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

Ujyalosandeshonline 12373+ समाचार ( )
६ अशोज २०८३, मङ्गलबार

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि यहाँ प्रारम्भ भएको छ ।यसपटकको महासभा मुख्य रूपमा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन: सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारामा केन्द्रित छ। विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, गरिबीको चरम अवस्था र जलवायु सङ्कटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षतिलगायत विषयमा छलफल गर्नेछन् ।

उच्चस्तरीय राजनीतिक बहसमा परराष्ट्रमन्त्री शिशिर खनालले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलले नेपालका तर्फबाट आज महासभामा सहभागिता जनाएको छ । उक्त प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत भ्रमण दलका सदस्यहरू, मिशनका कर्मचारीलगायत सहभागी रहनुभएको छ ।

यसपटकको राजनीतिक बहसमा प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न सम्बोधन गर्नुहुने कार्यतालिका रहेको छ । जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको पीडा, जलवायु न्याय, हानी तथा नोक्सानी कोषका विषयमा नेपाली प्रतिनिधिमण्डलको ध्यान केन्द्रित हुने जनाइएको छ । त्यसैगरी विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैङ्गिक सहभागिता, समावेशितालगायत विषयमा विश्व मञ्चमा नेपालले आफ्ना धारणा प्रस्तुत गर्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार