मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |
मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |


‘उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन’

Ujyalosandeshonline 11304+ समाचार ( )
२३ माघ २०८२, बिहीबार

वीरगञ्ज (पर्सा) । जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय लगायतका टोलीले मतदानस्थल तथा केन्द्रहरुको निरीक्षण र सम्भावित सुरक्षा जोखिमको आवश्यक पूर्व तयारीमा जुटेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले यहाँको १६७ मतदानस्थलमध्ये ६० को निरीक्षण गरिसकेको जनाउँदै सो मतदानस्थलको लागि आवश्यक सुरक्षा रणनीति बनाउने काम भइरहेको जानकारी दिनुभयो । ‘‘अहिले दैनिक रुपमा मतदानस्थलको निरीक्षण गरेर त्यहाँ देखिएको सुरक्षा चुनौतीको लागि थप रणनीति बनाउने काम भइरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘अहिले दैनिक दिनको १ बजेपछिको समयमा मतदानस्थलको अनुगमन र निरीक्षण गर्ने काम भइरहेको छ । निरीक्षणमा देखिएको चुनौतीलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा रणनीति बनाउने काम पनि भइरहेको छ ।’’ 

प्रजिअ दाहालले जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गले अघि बढाउनको लागि आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।‘‘निर्वाचनलाई भयरहित र शान्तिपूर्ण सम्पन्न गर्नका लागि सबै निकायले आ–आफ्नो ठाउँबाट  समन्वय  र सहकार्य गरेर अघि बढ्नका लागि जरुरत रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘निर्वाचन आचारसंहिता उम्मेदवार, आम जनता र सञ्चारकर्मी लगायतले पनि पालना गर्नका लागि अनुरोध गर्दछौँ ।’’

 जिल्लाको एक सय ७ किलोमिटर खुल्ला सीमा नाका भएकाले पनि निर्वाचनको बेला शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउने प्रयास गरिरहेको प्रजिअ दाहालले बताउनुभयो । पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले निर्वाचनको लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिएको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मतदाता शिक्षा सम्बन्धित प्रचारप्रसारमुलुक कार्यक्रम अघि बढाउन लागिएको बताउनुभयो ।‘‘निर्वाचन आचारसंहिताले निर्वाचनमा उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारीसाधन प्रयोग गर्न मिल्दैन । सोतर्फ उम्मेदवारहरुले सचेत हुन जरुरी छ ।’’ 

जिल्लाभरि रहेका १६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् ।  पर्सामा एक सय ६७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, ८५ वटा संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्लामा ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् । यहाँ चार निर्वाचन क्षेत्र रहेका छन् यसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ एक सय १४ निर्वाचन क्षेत्र छन् । पर्सा जिल्लामा कूल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३  छन् ।  तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अलल्पसङ्ख्यक समुदायका मतदाता छन् । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार