मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

ओलीलाई गल्ती गर्ने छुट छैन् : विश्वप्रकाश शर्मा

Ujyalosandeshonline 11768+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले  एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सबै तवरबाट साथ दिएपनि विगतमा गरेका गलत मुद्दाहरुलाई साथ दिन नसकिने टिप्पणी गरेका छन् । 

शनिबार प्रज्ञा प्रतिष्ठानमा ‘बाबुराम एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री  शर्माले ओली नेतृत्वको सरकारलाई गल्ती गर्न दिने छुट कांगे्रसले नदिने बताए ।

उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिन्छ । तर उत्तिकै खरो रुपमा प्रस्तुत पनि हुनेछौं । विश्वासको मत दिएका छौं तर उहाँले विगतमा गरेका गलत मुद्दाहरुलाई थान्को लगाउने काम हँुदैन । उहाँको नेतृत्वको सरकारले गर्ने कमजोरीमा मौन बस्न पनि मिल्दैन । दुई दल मिलेर सरकार बनाउन त मिल्छ तर संविधान संशोधन गर्नका लागि माओवादी, रास्वपा र मधेशवादी दलहरुसँग समन्व गर्न सक्नुपर्दछ । ’

नयाँ सरकार बनेको बेला कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमवौद्धिक क्षेत्रमा चिन्ता रहेको उल्लेख गर्दै भर्खरै बाहिरिएका पार्टीहरुले खरो रुपमा प्रस्तुत हुने विश्वास लिएको बताए ।

‘नयाँ सरकार बनेको बेलामा कतै प्रतिपक्ष कमजोर हुन्छ कि भनेर आमवौद्धिक क्षेत्रमा चिन्ता छ । तर, प्रतिपक्षमा रहेको माओवादी खरो ढंगले नै प्रतिपक्ष बनेर उत्रिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि खरो रुपमा प्रस्तुत हुनुपर्दछ,’उनको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार