मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

विकासका लागि केन्द्रको जस्तै गठबन्धन प्रदेशमा पनि हुनुपर्छ : मन्त्री गुप्ता

Ujyalosandeshonline 11878+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

पर्सा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विकासको काममा एकजुट हुन सबैलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रीको सम्मानका लागि जिल्लाको पर्सागढी नगरपालिकाले आयोजना गरेको ‘स्वागत एवम् सम्मान कार्यक्रम’ मा उनले समग्र विकास निर्माणको कार्यमा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने बताएका हुन् । 

उनले विकासका कामलाई द्रुत गतिमा अघि बढाउन केन्द्रमा नेकपा एमालेले निर्माण गरेकोजस्तै गठबन्धन प्रदेशमा पनि हुन जरुरी रहेको बताए । 

विकासका पूर्वाधारहरू अस्पताल, सडक र शिक्षामा सबैको सहकार्य हुनसके मात्रै स्थानीय जनताको जीवनस्तर राम्रो हुने भएकाले पर्सागढीको स्थानीय सरकारलाई सकारात्मक एजेण्डासहित मन्त्रालयसँग सहकार्य गर्न मन्त्री गुप्ताले आग्रह गरेका छन् । 

विकासका लागि अहिलेको मुख्य एजेण्डा भनेको शिक्षा, स्वास्थ्य र सडकको प्रभावकारी व्यवस्थापन गर्नु रहेको पनि उनको भनाइ छ । आफू राजनीतिमा आएलगत्तै प्रतिनिधि सभा सदस्य निर्वाचित गराएको भन्दै उनले आफ्नो निर्वाचन क्षेत्र र सम्पूर्ण जिल्लावासीप्रति धन्यवाद ज्ञापन गरे । 

यसको साथै, उनले आफूलाई निर्वाचित गराएर जनताले लगाएको गुण तिर्न आफूले जिल्लाको विकास निर्माणमा विशेष ध्यान दिने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार