मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

५४ वर्ष पुरानो लुम्बिनी खुकुरी क्लबको अध्यक्षमा महेश थापा

Ujyalosandeshonline 12208+ समाचार ( )
२९ मंगशिर २०८१, शनिबार

भैरहवा । भैरहवाको लुम्बिनी खुकुरी क्लबको अध्यक्षमा महेश थापा निर्विरोध निर्वाचित भएका छन् । शनिबार क्लबको वार्षिक साधारण तथा ८ औ अधिवेशनले अध्यक्षमा थापालाई निर्विरोध निर्वाचित गरेको हो ।

त्यस्तै क्लबको उपाध्यक्षमा धिरेन्द्र केसी, सचिवमा ओजस शर्मा, कोषाध्यक्षमा उमेश पोखरेल, सहसचिव नन्दन श्रेष्ठ, सदस्यहरु अशोक क्षेत्री, अन्तिम थापा, सुनील यादव, राजु बस्नेत र सिजन थापा पनि निर्विरोध निर्वाचित भएको क्लबले जनाएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै सिद्धार्थनगर नगरपालिका मेयर इश्तियाक अहमद खाँले लामो ईतिहास बोकेको संस्थालाई निरन्तर रुपमा अघि बढाउनु आजको आवश्यकता रहेको बताए ।

‘क्लबले खेलाडी उत्पादन देखि सामाजिक कार्यमा धेरै सक्रियता देखाएको छ’, उनले भने, ‘समाजमा अझै सकरात्मक असर पर्ने खालका काममा मेरो पनि निरन्तर सहकार्य रहनेछ ।’ नवनिर्वाचित अध्यक्ष महेश थापाले क्लबको गरिमालाई उच्च राख्ने गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै नयाँ कार्ययोजनाका साथ आफुहरु अघि बढ्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामु बस्नेतले खुकुरी क्लबको गरीमा बढाउन आगामी नेतृत्वलाई राम्रो काम गर्न आग्रह गरे । संस्थापक अध्यक्ष दिपक शर्माले ०२७ सालमा थोरै जमातबाट स्थापना भएको संस्था हाल राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादनमा भूमिका खेल्दै आएको बताए ।

कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, निजी क्षेत्रका प्रतिनिधि, सामाजिक, राजनैतिक, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यकाल सफल बनाउन भूमिका खेल्ने र अग्रजहरुलाई मायाको चिनो तथा प्रमाण पत्र वितरण गरीएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार