रामेछाप । मन्थली टेकानपुरका २५ जना महिलाहरूले २०५५ सालमा मासिक १० रुपैँया जम्मा गरेर सुरु गरेको सहकारी संस्थाअहिले ७० करोड ८१ लाख रुपैँयाको मालिक बनेको छ । मन्थलीको नवजागरण बचत तथा ऋण सहकारी संस्थाअहिले १० हजार बढी सदस्यको साथी र सारथि बनेको छ । सहकारीको कूल शेयर पुँजीमात्रै ४ करोड ४३ लाख ९३ हजार पुगेको छ ।
सहकारीका व्यवस्थापक रमेश उदासका अनुसार सहकारीको जगेडा कोषमा ६ करोड ९० लाख ५२ हजार रुपैँया जम्मा भएको छ । अन्यकोषमा ९० लाख रुपैँया छ । हाल सो सहकारीको बचत निक्षेप ५४ करोड ५० लाख रुपैँया रहेको छ । अहिले ३७ करोड ५२ लाख रुपैँया बढीऋण लगानीमा छ । सहकारीमा ७ सय जना ऋणी सदस्य छन् ।
२०५५ साल साउन १२ गते मन्थलीको टेनकानपुरका महिलाले खरखाँचो टार्न सो सहकारी सुरु गरेका थिए । महिलाहरूले ७वर्षसम्म गाउँमा सहकारी सञ्चालन गरे । गाउँमा सञ्चालन गरेको सहकारी सोचे जसरी फष्टाउन सकेन । सदस्य सङ्ख्या र कार्य क्षेत्र पनित्यतिबढेन ।
त्यसै बिच बजारका केहीव्यवसायी र अगुवासँग सल्लाह गरेर सहकारी मन्थलीमा सारियो । २०६२ सालबाट सहकारी मन्थलीमा स¥यो । कार्यक्षेत्र बढ्यो, सदस्य सङ्ख्या पनिबढ्यो । अहिले सदस्य सङ्ख्या बढेर १०हजार ८० जनापुगेको छ भने कार्यक्षेत्र बढेर मन्थलीनगरपालिका, रामेछाप नगरपालिका र खाँडादेवी तथा लिखु तामाकोसी गाउँपालिका सम्म पुगेको छ ।
सहकारीको आफ्नै सुविधा सम्पन्न भवन बनेको छ । मन्थलीमा रहेको सहकारीको आफ्नै भवनबाट सहकारीले सेवाप्रवाहगर्दै आएको संस्थाकाअध्यक्ष सोमेश थापाले जानकारी दिए । सहकारीले शेयर सदस्यलाई कारोबारमा सहजहोस् भनिएटिएम सेवा सञ्चालन गरेको छ । त्यस्तै मोबाइल बैङ्किङ सेवापनि सञ्चालनमा छ । मोबाइलबाट नै रकमट्रान्फर गर्नका साथै बिजुली, खानेपानी लगायतका बिल तिर्न पनि मिल्छ । सहकारीले मन्थली लगायत बजारका व्यवसायीलाई क्युआर वितरण गरेको छ । जसले गर्दा सामान किन्नजाने उपभोक्ताले सोझै मोबाइलबाट नै रकम भुक्तानी गर्न सक्ने मन्थली का व्यवसायी राकेश गुप्ता बताउँछन् ।
सहकारीले जीवितछदा बचत गराउने मात्र हैन बीमाको व्यवस्था समेत गरिदिएको छ । कुनै बचत सदस्य को मृत्यु भएमा उसलाई राहत स्वरूप २० हजार रुपैयाँप्रदान गर्ने गरेको छ । यस बाहेक बचत कर्ताका परिवारका सदस्यहरूको मृत्यु भएमा राहत स्वरूप ३ हजार रुपैँया सहयोग गर्ने गरेको छ । मृत्यु भएको १३ दिनभित्रै परिवारलाई भेटेर दुःख साट्दै सहकारीले सो रकम हस्तान्तरण गर्ने गरेको छ । यति मात्र हैन कुनै पनि बच्चा जन्मिएको ६ महिनाभित्रबाल बचत खाता खोल्न आएमा सो बच्चाको नाममा सहकारीको तर्फबाट ५ सय रुपैयाँथप गरेर बचत गरिदिने गरेको छ ।
यस बाहेक गर्भवती तथा सुत्केरी सदस्यलाई सहयोग, ज्येष्ठ नागरिक तथा असल शेयर सदस्यहरूलाई सम्मान लगायतका सदस्य हित काकार्यक्रम सहकारीले गर्दै आएको छ । सहकारीका शेयर सदस्य बिरामी पर्दा उपचार गर्न लैजान विना धितो निब्र्याजी रकम दिने व्यवस्था पनि सहकारीले मिलाएको छ । यसले गर्दा आपतमा सहकारी, खुसीमा सहकारी अनिदुःखमापनि सहकारी भएको छ ।