मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

‘कांग्रेस कम्युनिस्ट पार्टी जस्तो हुन लाग्यो, समयमै महाधिवेशन जरुरी छ’

Ujyalosandeshonline 12441+ समाचार ( )
६ पौष २०८१, शनिबार

धनगढी । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै भने, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ । पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार छु ।’

सम्बोधनका क्रममा उनले भने, ‘नेपाली कांग्रेसको १५ औं महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसका किन्तु परन्तु भन्न पाइदैन् । उनले महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन्छ । नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ।’ नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुढृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको बताए ।

पार्टीमा एकता नभएको भन्दै, उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेकाले त्यसको लागि प्रजातन्त्र सेनानी सहित जिल्लाका सबै साथीहरुले पहल गर्नुपर्ने बताए । अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले आफू चिन्तित रहेको बताए । कोइराला आफूले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आवश्वस्त हुन भने ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार