‘मिस भिवा’ को ताजसँगै १६ जना प्रतिस्पर्धीहरू सार्वजनिक

Ujyalosandeshonline 12326+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

काठमाडौँ । उमंग क्रियशनको आयोजनामा ‘मिस भिवा’ले महत्त्वपूर्ण ताज सार्वजनिक गरेको छ । ‘मसि भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोल्ड, ब्युटि रहेको उमंग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताए ।  

अधिकारीले यो क्राउन २५ लाख बराबरको रहेको र अपाला ज्वेलर्सले नेपाली संस्कृति र पहिचान झल्कने हिसाबले उत्कृष्ट र सुन्दर डाइमन तथा ह्वाइट गोलबाट निर्मित गरिएको जानकारी दिए ।

उनका अनुसार इन्टरनेसनल फ्रेन्चाइज सहित पहिलो चरणमा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट २० मा पुर्याइसकेको र अब मिस भिवालाई इन्टरनेसनलको रूपमा अन्तराष्ट्रिय प्याजेन्ट नेपालमा नै गर्ने लक्ष्यका साथ मिस भिवाको स्थापना गरिएको हो । मिस भिवाको बिजेताले मिस ग्रान्ड नेपालमा सहभागीता जनाउँन पाउने पनि अधिकारीले बताए । 

प्रतियोगितामा जम्मा १६ जना प्रतिसेपर्धीहरू सहभागी रहेका छन् । जसमा मिमोशा राई, अस्मिता शाह, डा. काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, कृशला गुरूङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव, जेनिता सेञ्चुरी सहभागी रहेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रतिस्पर्धीहरूलाई सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार