मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित

Ujyalosandeshonline 12321+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशको आठौं प्रदेश सभा तथा अधिवेशनबाट ठाकुरकुमार श्रेष्ठ नयाँ अध्यक्षमा निर्वाचित भएका छन्। भैरहवामा सम्पन्न निर्वाचनमा श्रेष्ठले आफ्ना प्रतिस्पर्धी चन्द्रौटाका जमसेर अलि मियाँलाई भारी मतान्तरले पराजित गर्दै नेतृत्व सम्हाल्ने अवसर पाएका हुन्। निर्वाचन समितिका अनुसार श्रेष्ठले एसोसिएट, जिल्ला–नगर र वस्तुगत तीनै विधामा मियाँलाई पछि पारेका थिए।

मतदानको विस्तृत विवरण अनुसार एसोसिएट तर्फ खसेको कूल १०२ मतमध्ये श्रेष्ठले ९६ मत प्राप्त गर्दा मियाँको पक्षमा ६ मत मात्र परेको थियो। त्यसैगरी, जिल्ला–नगरतर्फ खसेको ३३ मतमा श्रेष्ठले २१ र मियाँले १२ मत पाएका थिए भने वस्तुगत तर्फको एक मात्र मत पनि श्रेष्ठकै पक्षमा परेको थियो। नवनिर्वाचित अध्यक्ष श्रेष्ठ सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष समेत हुन्।

अधिवेशनले अध्यक्ष बाहेकका अन्य महत्वपूर्ण पदहरुमा भने सर्वसम्मत चयन गरेको छ। महासंघको जिल्ला–नगर उपाध्यक्षमा दाङका टंकसिंह बुढाथोकी र एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, कोषाध्यक्ष पदमा नवलपरासीका लेखनाथ न्यौपाने चुनिएका छन् भने सदस्यहरुमा बर्दियाका बद्रीनाथ बराल र प्यूठानका माधवराज भण्डारी निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

कार्यसमितिको एसोसिएट सदस्यहरुमा रुपन्देहीका सौरभ अग्रवाल र लमहीका युवराज पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन्। कूल ११ सदस्यीय रहने यस प्रदेश समितिमा अब एक जना महिलासहित दुई जना सदस्यहरु मनोनित गरिने वैधानिक व्यवस्था रहेको छ । निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ठाकुरकुमार श्रेष्ठले आफ्नो कार्यकालमा महासंघलाई संस्थागत रुपमा थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनी प्रदेशका उद्योगी र व्यवसायीहरुको हकहित र व्यवसायिक सुरक्षाका लागि आफू निरन्तर सक्रिय रहने र निजी क्षेत्रका समस्या समाधानमा राज्यसँग समन्वयकारी भूमिका खेल्ने बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार