मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |
मुख्य समाचार
मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै | डोकोको व्यापार | डिजेल र मट्टितेलको मूल्यमा भारी वृद्धि, प्रतिलिटर ३० रुपैयाँ बढ्यो | पूर्वाधार थपिँदा पर्यटक आकर्षित | सय रुपैयाँभन्दा बढीका सामानमा अनिवार्य भन्सार, निजी क्षेत्रको स्वागत | सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन | जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने | सम्मरीमाई शीतभण्डार निर्माणमा भ्रष्टाचार : लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित १६ जनाविरुद्ध मुद्दा |


गुल्मीमा आत्महत्याको घटनामा वृद्धि

मनु सुनार 31+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

गुल्मी । गुल्मी जिल्लामा आत्महत्याको घटना बढ्दै गएका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सदरमुकाम तम्घासमा भएको एक कार्यक्रममा प्रस्तुत गर्नुभएको कार्यपत्रमा आत्महत्या गर्नेहरुको संख्यामा वद्धि भएको देखिएको छ । 

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार झुण्डीएर आत्महत्या गर्नेको संख्या धेरै देखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा झुण्डिएर ३६ जना, बिष सेवन गरी ९ जना र हाम फालेर २ जनाले आत्महत्या गरेका छन् । भने आर्थिक वर्ष २०८०÷०८१ मा ३८ जनाले झुण्डीएर, बिष सेवन नगरी २ जना र हाम फालेर ३ जनाले आत्महत्या गरेको पाइएको छ । 

घरेलु हिंसाका अधिकांश घटनाहरुमा मिलापत्र

यस जिल्लामा घरेलु हिंसाका प्रहरीमा दर्ता अधिकांश घटनाहरु मिलापत्र गर्ने गरेको पाइएको छ । शर्माका अनुसार आर्थिक वर्ष २०७९÷०८० मा घरेलु हिंसा सम्बन्धि ठाडो उजुरी ११४ दर्ता भएकोमा ७१ उजुरी मिलापत्र गरिएको छ । ४३ उजुरीहरु सम्बन्धित निकायहरुमा पठाइएको छ । 

यस्तै अन्य ठाडो उजुरी २८ दर्ता भएकोमा २६ उजुरीहरु मिलापत्र गरिएको र २ उजुरी अन्य निकायमा पठाइएको छ । महिला मात्र होइन, पुरुषहरु पनि पीडित हुने गरेका छन् । विभिन्न कारणले प्रहरी समक्ष सबै हिंसाका घटनाहरु नपुगे पनि त्यस आर्थिक वर्षमा भने पुरुष पीडित ५ वटा उजुरी दर्ता भएको देखिन्छ । जसमा २ वटा पुरुष पीडित घटनालाई मिलापत्र गरिएको छ भने ३ वटा उजुरी सम्बन्धित निकायमा पठाइएको तथ्याङ्कमा उल्लेख छ । 

चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म घरेलु हिंसाका ७५ निवेदन दर्ता भएकोमा ५२ उजुरी मिलापत्र गरिएको छ । भने ४ वटा बाँकी देखिएको छ । अन्य ठाडो उजुरी ३० दर्ता भएकोमा २८ उजुरी मिलापत्र गरिएको छ । २ वटा उजुरी सम्बन्धित निकायमा पठाइएको छ । 

हराएका अधिकांश फेला

यस जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा १३२ जना हराएका छन् । हराउनेमा महिला ८५ जना, बालक १० जना, बालिका ३६ र जेष्ठ नागरिक १ जना रहेका छन् ।  हराएका मध्ये ७८ जना महिला फेला परेका छन् । ७ जना फेला पर्न बाँकी रहेको छ । बाँकी सबै बालक, बालिका र जेष्ठ नागरिक फेला परेका छन् । 

यस्तै चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्ममा १०८ जना हराएको पाइएको छ । उहाँका अनुसार ६५ जना महिला हराएकोमा ६० जना फेला परेका छन् । ५ जना फेला पर्न बाँकी छ । बालक १६ जना हराएकोमा सबै फेला परेका छन् । बालिका २१ जना हराएकोमा सबै फेला परेका छन् । जेष्ठ नागरिक ६ जना हराएकोमा सबै फेला परेको तथ्याङ्कमा उल्लेख छ । 

जिल्ला प्रहरी कार्यालय गुल्मीले बेवारिसे अवस्थामा फेला पारी उद्धार समेत गरेको छ । तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९÷०८० मा  महिला ८ जना, बालक १ जना, बालिका ७ जना बेवारिसे अवस्थामा फेला परेका छन् । 

आर्थिक वर्ष २०८०÷०८१ मा महिला ५ जना, बालक ५ जना, बालिका ५ जना जेष्ठ नागरिक पुरुष एक जना बेवारिसे अवस्थामा फेला परेका महिलाहरुमध्ये ४ जनालाई सेफ हाउसमा राखिएको छ । यस्तै २ जना बालक र ४ जना बालिकालाई सेफ हाउसमा राखिएको छ । दुई जना महिलालाई मानवसेवा आश्रममा पठाइएको छ । 

गुल्मी अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा आर्थिक वर्ष २०७९÷०८० मा १४ जना महिला र १ जना जेष्ठ नागरिक गरी १५ जनालाई उपचार (घाउ जाँच) गरिएको छ । भने आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म १३ जना महिला, ३ बालिका र ४ जना जेष्ठ नागरिक गरी २० जनालाई उपचार (घाउ जाँच) गरिएको छ । 

समाजमा हुने यस्ता घटना न्यूनिकरणका लागि सरकार एक्लैको प्रयासबाट मात्र सम्भव नहुने प्रजिअ शर्मा बताउनुहुन्छ । सरकार, निजि क्षेत्र, गैर सरकारी संस्था लगायत सबै सरोकारवाला निकाय जिम्मेवार हुन आवश्यक रहेको भन्दै उहाँले संघ, प्रदेश र स्थानीय तहमा लैङ्गिक मैत्री कानुन तर्जुमा गरि प्रभावकारी कार्यान्वयन गर्न सकेमा सबै किसिमका विभेद र शोषणमा कमी आउने बताउनुभयो ।  



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार