मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बहुआयामिक शिक्षा सदनका विद्यार्थीद्वारा जेष्ठ नागरिकलाई सहयोग

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ माघ २०८०, शनिबार

दाङ  । घोराही ६ बेरगैँस्थित श्री बहुआयामिक शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुले खाजा खर्च कटाएर वर्ष भरी वचत गरेको रकमबाट वृद्धाश्रममा बस्दै आएकाहरुलाई विभिन्न सामग्री सहयोग गरेका छन् ।

विद्यालयमा कक्षा ३ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई असल कार्य गर्न र व्यवहारिक शिक्षामा जोड दिने उद्देश्यले गठित बाल संस्कार क्लवमार्फत वर्षभरी खाजा खर्च कटाएर वचत गरेको रकमबाट जेष्ठ नागरिकहरुका लागि खाद्यान्न तथा सरसफाई सामग्री सहयोग गरिएको विद्यालयकी प्रिन्सिपल संगीता रोकायले जानकारी दिनुभयो ।

बालबालिकाहरुले वर्षभरी वचत गरेको करीव ५ हजार बढी रुपैयाँबाट भूजा, बिस्कुट, तरकारी, आलु, दाल र चिनी, सोयाबिन, चियापत्ती तथा सरसफाईका सामग्री घोराही १६ तेरौटेस्थित जेष्ठ नागरिक सरोकार केन्द्रमा बस्दै आएका जेष्ठ नागरिकहरुका लागि शुक्रबार सरोकार केन्द्रका हिरा शाहलाई हस्तान्तरण गरिएको वर्षभरी रकम जम्मा गर्ने जिम्मेवारी पाउनुभएकी क्लबकी कोषाध्यक्ष सलिना चौधरीले बताउनुभयो ।

क्लबका अध्यक्ष हिमाल केसीले आफुहरुले थोरै थोरै रकम वचत गरेर जम्मा गरेको पैसालाई सामाजिक काममा खर्चिन पाएको भन्दै खुशी व्यक्त गर्नुभयो । जेष्ठ नागरिकहरुको सेवामा गरिएको सहयोगले भोलिका दिनमा यस प्रकारका काममा लाग्न हौसला मिलेको उहाँको भनाई थियो ।

क्लबमा २२ जना सदस्य रहेका छन् । उनीहरुले असल संस्कार र व्यवहारका बारेमा पनि विद्यालयमा नियमित रुपमा कार्यक्रम गर्दै आएको बाल संस्कार क्लवका महासचिव आयुष रोकायले बताउनुभयो ।

कार्यकारिणी उपाध्यक्ष शीतल वलीको स्वागत मन्तव्यबाट शुरु भएको सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रिन्सिपलसहित शिक्षकहरु बसन्ता भण्डारी, निर्मला चौधरी, चम्फा खड्का तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

विद्यालयमा गठित बाल संस्कार क्लबको अध्यक्षमा हिमाल केसी, कार्यकारिणी उपाध्यक्षमा शीतल केसी र दिया बिष्ट, महासचिवमा आयुष रोकाय, उपाध्यक्षमा संदीप पुन मगर र देविका पुन मगर, सहसचिवमा पुष्कर आचार्य, कोषाध्यक्षमा सलिना चौधरी रहनुभएको छ । यसैगरी, सदस्यहरुमा शीतल जिसी, सबिन चौधरी, फूलमति बिक, डेनिसा पुन मगर, वर्षा सुनार, अनुष्का पुन, दिक्षा वली, वर्षा सुनार, सोबन शाही, कृष्णा पाण्डे, दिपेश परियार, बेगम देवकोटा, सिक्किम चौधरी र राजु जिसी रहनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार