मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

हुण्डी कारोबारमाथी रुपन्देही प्रहरीको डण्डा: दुई दिनमा ३ जना पक्राउ ,२५ लाख ७५ हजार बरामद

Ujyalosandeshonline 12611+ समाचार ( )
३ जेठ २०८२, शुक्रबार

भैरहवा । लामो समयदेखि जिल्लामा हुँदै आएको हुण्डी कारोबारमाथी रुपन्देही प्रहरीले डण्डा चलाउन सुरु गरेको छ। प्रहरीले हुण्डी कारोबारको आरोपमा दुई दिनमा तीन जनालाई पक्राउ गरी उनीहरुको साथबाट २५ लाख ७५ हजार बढी रुपैयाँ बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा प्रहरीले एक भारतीय नागरिकसहित कपिलवस्तु र रुपन्देहीका गरी ३ जनालाई रकमसहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका-७ का ३८ वर्षीय दिनेश बनियाँ, कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ का ४६ वर्षीय मसिउद्दिन फकिर र भारतको नौतनवा ५० वर्षीय कृष्ण अग्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीले यी तीनै जनालाई छुट्टाछुट्टै रुपमा रकमसहित पक्राउ गरेको हो ।प्रहरीका अनुसार बुधवार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भैरहवा बैंकरोडस्थित लु ६८ प ४७९ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्ने सम्मरीमाईका बनियाको साथबाट १३ लाख ५० हजार रुपैयाँ बरामद भएको हो।

त्यस्तै सिद्धार्थनगर नगरपालिका-१२ स्थित हुण्डी कारोबार भइरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय भैरहवाको टोलीले कपिलवस्तुका फकिरको साथबाट तीन लाख ८६ हजार दुई सय रुपैयाँ र एक थान मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एंव डीएसपी सुरज कार्कीले जनाए ।

उनका अनुसार बिहीवार वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले यूपी ५६ जे १६५३ नम्बरको मोटरसाइकल रोकर चेकजाँच गर्ने क्रममा भारतका अग्रहरीको साथबाट स्रोत नखुलेको ८ लाख ३९ हजार चार सय पचास रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ। पक्राउ परेका तीनै जनालाई हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा जिल्ला अदालत रुपन्देहीबाट ७ दिनको थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार