मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

सरकारद्वारा भैरहवा सेजको भाडादर ५ रुपैयाँ कायम, युरोपियन युनियनको साढे २३ मिलियन युरो अनुदान स्वीकार

Ujyalosandeshonline 12461+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं । सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनका लागि पुरानो मापदण्ड खारेज गर्दै जग्गाको भाडादरमा भारी कटौती गरेको छ । बसेको मन्त्रिपरिषद् बैठकले ‘विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१’ खारेज गर्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले दिएको जानकारी अनुसार अब सेजको जग्गाको मासिक भाडादर प्रतिवर्गमिटर २० रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गरिएको छ ।

मन्त्रिपरिषद्ले वैदेशिक सहायता र ऊर्जा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजना सञ्चालनका लागि प्राप्त हुने २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । यसैगरी, सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’को सदस्यता लिन समेत स्वीकृति प्रदान गरेको छ ।

सुरक्षा निकायको व्यवस्थापनतर्फ बैठकले नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्रै रहने गरी केही कार्यालयका पद मिलान तथा दरबन्दी थपघट गर्न स्वीकृति दिएको छ । यस प्रयोजनका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी तत्काल कार्य प्रारम्भ गर्ने निर्णय भएको छ । साथै, बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको छ । कानुनी व्यवस्थापनको पाटोमा ‘भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन २०२२’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय पनि सरकारले गरेको छ ।

सामाजिक तथा अन्य प्रशासनिक विषयमा समेत मन्त्रिपरिषद्ले केही निर्णयहरू गरेको छ । गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका घाइतेहरूको उपचार तथा राहतको व्यवस्था गर्ने निर्णय भएको मन्त्री पुनले जानकारी दिए । सरकारद्वारा सञ्चालित सहायता कक्षमा सह–सचिव तथा उप–सचिवबाहेक १० जना स्वयंसेवक खटाउने र उनीहरूलाई चार महिनासम्म मासिक १५ हजार रुपैयाँका दरले खाजा खर्च उपलब्ध गराइने भएको छ । यसका अलावा आर्थिक वर्ष २०८२/८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने संरक्षित क्षेत्र तथा जैविक मार्गका एकीकृत भू–परिधि आयोजना लगायतका कार्यक्रमहरू सञ्चालन गर्न अधिकृत तहका ३७ दरबन्दी स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार