मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

भयरहित निर्वाचनका लागि मर्चवारमा विशेष रणनीति, प्रशासनद्वारा स्थलगत निरीक्षण

जैसमोहम्मद खान 76+ समाचार ( )
२० मंगशिर २०८२, शनिबार

मर्चवार । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपन्देहीको मर्चवार क्षेत्रमा रहेका मतदान स्थलहरूको विस्तृत सुरक्षा अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल संयोजकत्वको जिल्ला शान्ति–सुरक्षा समितिले मर्चवारी र सम्मरीमाई गाउँपालिकाका करिब १३ वटा मतदान स्थलको निरीक्षण गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले मतदान स्थलको भौतिक संरचना, सुरक्षा जोखिम र पहुँचयोग्यताको मूल्याङ्कन गरिएको जानकारी दिनुभयो । अनुगमनमा चारै सुरक्षा निकायका प्रतिनिधि, सम्बन्धित गाउँपालिकाका अध्यक्षहरू गया प्रसाद बरई र बिनोद कुमार श्रीवास्तव, प्रमुख प्रशासकीय अधिकृतहरू तथा स्थानीय सरोकारवालाहरूको सहभागिता थियो ।

टोलीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा चुनौतीको पहिचान गर्दै आवश्यक रणनीति तय गरेको छ । जिल्लाका १६ वटै स्थानीय तहमा सुरक्षा अनुगमन जारी रहेको र संवेदनशील स्थानहरूमा विशेष सुरक्षा संयन्त्र अपनाइने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार