मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

भीम अस्पतालकी मेसु डा.शकुन्तला गुप्ताद्वारा पदभार ग्रहण

Ujyalosandeshonline 12093+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा. शकुन्तला गुप्ताले पदभार ग्रहण गरेकी छन् । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालबाट भीम अस्पतालमा सरुवा भएकी डा. गुप्ताले सोमबार पदभार ग्रहण गरेकी हुन् । 

सोमबार एक कार्यक्रमकाबीच उनलाई अस्पताल विकास समितिका अध्यक्ष डा. अनन्त कुमार शर्मा, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीले स्वागत तथा सम्मान गरेका हुन् ।

सोही कार्यक्रममा परासीस्थित पृथ्वीचन्द अस्पतालमा सरुवा भएका भीम अस्पतालका मेसु डा. मोहम्मद नुरुल होदालाई विदाई गरिएको थियो ।

कार्यक्रममा बोल्दै डा. गुप्ताले आफूले यसअघि भीम अस्पतालमा मेसुको जिम्मेवारी निर्वाह गरिसकेको र पुनः यहाँ आएको बताइन् । उनले भनिन्, ‘दोस्रोपटक यो अस्पतालमा जिम्मेवारी सम्हाल्दैछु । राम्रो वातावरण भए काम गर्न सहज हुन्छ । सबैको साथ र सहयोगको अपेक्षा राखेको छु । सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’ उनले अस्पतालको विकास र जनतालाई कसरी राम्रो सेवा दिने भन्नेतर्फ लागिपर्ने बताइन् । उनले भनिन्, ‘म भीम अस्पतालमा काम गर्न आएको हुँ । ’

अस्पताल विकास समितिका अध्यक्ष डा. शर्माले डा. गुप्तालाई सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले पृथ्वीचन्द अस्पतालमा सरुवा भएका डा. होदालाई पनि सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले भने,‘ भीम अस्पतालको विकासका लागि सहकार्य गरेर अघि बढ्छौं । 

त्यस्तै डा. मोहम्मद नुरुल होदाले भने, ‘डा. शकुन्तला गुप्ताको कार्यकाल सफल रहोस् । कर्मचारीको सरुवा नियमित प्रक्रिया हो । स्वास्थ्य नै धन हो । आउने दिनमा पनि सौहार्दपूर्ण वातावरणमा काम गर्ने अवसर जुटनेछ । ’भीम अस्पतालका व्यवस्थापक छम बहादुर अधिकारी (सुरेन्द्र) को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै