मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव

Ujyalosandeshonline 12321+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कम्बोडिया–भैरहवा–कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका छन् । कम्बोडियाका संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग आइतबार भएका शिष्टाचार एवं विदाई भेटघाटका क्रममा मन्त्री पाण्डेले कम्बोडिया–भैरहवा –कम्बोडिया सिधा उडानको प्रस्ताव गरेका हुन् । 

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकाबारे समेत जानकारी गराएका थिए ।

यस्तै दुवै देशका प्रमुख बौद्ध तीर्थस्थलहरूलाई जोड्ने गरी ‘बौद्ध सर्किट’को विकास गर्न सकिने पनि बताए । पर्यटन प्रवर्द्धनका लागि दुवै देशका वीचमा कला, संगीत, र साहित्यमा सहकार्य तथा सांस्कृतिक महोत्सव कार्यक्रमहरु र पर्यटन बोर्डहरूबीच साझेदारी गर्न सकिने विषयमा छलफल भएको थियो । 

यस्तै दुवै देशका युनेस्को विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा सहकार्यको सम्भावना,सांस्कृतिक समझदारी र सद्भावलाई गहिरो बनाउने उद्देश्यले युवा र शैक्षिक आदानप्रदानका सम्भावना लगायतका विषय छलफल भएको थियो । 

यस्तै पारस्परिक पर्यटनलाई प्रोत्साहित गर्न प्रत्यक्ष उडानहरू र भिसा प्रक्रियामा सहजीकरणको आवश्यकताबारे समेत दुई मन्त्रीबीच चर्चा भएको थियो । संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनले मन्त्री पाण्डेलाई कम्बोडियाको औपचारिक भ्रमणको निम्ता समेत दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार