मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

१४ कर कार्यालयमा एकैदिन प्रशासनको छड्के, सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन

Ujyalosandeshonline 12448+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ वटा कर कार्यालयहरूमा सोमबार एकैदिन छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारीहरू र प्रशासकीय अधिकृतहरूको नेतृत्वमा छुट्टा–छुट्टै १४ वटा टोलीले काठमाडौंका १४ वटा आन्तरिक राजस्व कार्यालयहरूमा छड्के अनुगमन गरेको हो । 

प्रशासनले चावहिल, जोरपाटी, पुतलीसडक, बत्तीसपुतली, नयाँ बानेश्वर, कोटेश्वर, त्रिपुरेश्वर, कलंकी, कालीमाटी, बालाजु, टंगाल, ठमेल, महाराजगञ्ज र न्यूरोडमा रहेका आन्तरिक राजस्व कार्यालयहरूमा एकैपटक अनुगमन गरेको हो । 

अनुगमनपछि सबै कार्यालयका प्रमुखहरूलाई बोलाएर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउन र सेवाग्राहीहरूको चापलाई ध्यानमा राखेर व्यवस्थित सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रजिअ बस्नेतले छलफलका क्रममा अनुगमनमा देखिएका कमजोरीहरूलाई सुधारेर अघि बढ्न समेत निर्देशन दिएका छन् । 

प्रशासन कार्यालयका अनुसार ती कार्यालयको प्रगति, कार्यसम्पादन सूचक, ड्रेस कोड, सरसफाई, अभिलेख व्यवस्थापन र राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको पाइएको छ  । त्यस्तै, कर्मचारीहरूले समयको पालनालाई गम्भीर भएर पालना नगरेको पाइएको प्रशासनले जनाएको छ । ‘कार्यालयहरुमा कर्मचारीहरुको समय पालनाको अवस्था चाहिँ मिश्रित देखियो,’ प्रशासनले विज्ञप्तिमार्फभन् भनेको छ, ‘कतिपय कार्यालयहरुमा सबै कर्मचारीहरु समयमा उपस्थित भएको देखियो भने केही कार्यालयहरुमा कर्मचारीहरु समयमा कार्यालयमा नआएको देखियो ।’

कर कार्यालयहरूले कार्यालयमा सूचना अधिकारीको व्यवस्था भएपनि सूचनाको हकसम्बन्धी ऐन तथा नियमावली बमोजिम त्रैमासिकरुपमा स्वतः प्रकाशस गर्नुपर्ने सूचनाहरू भने सार्वजनिक नगरेको पाइएको प्रशासनले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार