मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

लुम्बिनी महोत्सवमा लैगिक हिंसा विरुद्धको सडक नाटक मञ्चन, समाजको यथार्थ चित्रण गरेको मेयर खानको भनाइ

Ujyalosandeshonline 11878+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

भैरहवा । भैरहवामा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ को अवसर पारेर लैगिक हिंसा विरुद्धको सचेतनामूलक सडक नाटक मञ्चन गरिएको छ । ३४ औं अन्तर्राष्ट्रिय लैगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा सिद्धार्थनगर नगरपालिकाको आयोजनामा उक्त नाटक मञ्चन गरिएको हो ।

‘प्रविधिको सही प्रयोग गरौः लैगिक हिंसा अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा उज्यालो सन्देशको धकधई नाटक समूहले आफ्नो प्रस्तुति दिएको थियो । नाटकमा विशेषगरी तराई क्षेत्रमा विद्यमान दाइजो प्रथा, छोरा नपाएको निहुँमा महिलामाथि हुने कुटपिट तथा हिंसा, छोरा-छोरीबीचको विभेद र बुहारीलाई गरिने भेदभावपूर्ण व्यवहारलाई कलाकारहरूले जीवन्त रूपमा उतारेका थिए । साथै, नाटकमा न्यायिक समितिले न्याय सम्पादनमा खेल्ने उल्लेख्य भूमिकालाई समेत देखाइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि एवं सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) तथा संविधानसभा सदस्य इस्तियाक अहमद खानले नाटकले समाजको यथार्थ चित्रण गरेको बताउनुभयो । नाटक समूहको प्रशंसा गर्दै मेयर खानले भन्नुभयो, ‘‘तराईमा हुने विभिन्न किसिमका हिंसालाई नाटकमा दुरुस्तै देखाइएको छ । दाइजो माग्ने, छोरा नजन्मेको भन्दै कुटपिट गर्ने जस्ता गलत प्रवृत्ति अन्त्य हुन जरुरी छ ।’’

मेयर खानले बुहारीलाई बुहारी नभई छोरीजस्तै माया गर्नुपर्ने सन्देश नाटकले प्रवाह गरेको बताउँदै महिला र पुरुषले एकअर्कालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा उहाँले न्यून पारिश्रमिकमा पनि समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान समेत व्यक्त गर्नुभयो । कार्यक्रममा विशेष अतिथि एवं सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले पनि लैगिक हिंसा अन्त्यका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

उद्योग व्यापार संगठन, रूपन्देहीका सचिन रोक्काको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन खेमराज रेग्मीले गर्नुभएको थियो । नाटक अवलोकनका लागि नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, विद्यार्थी तथा महोत्सवमा आएका दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार