मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

रासस 548+ समाचार ( )
२४ फाल्गुन २०८२, आइतबार

काभ्रेपलाञ्चोक । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित हुनुभएको छ । काभ्रेपलाञ्चोक–१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानले १९ हजार १६६ मत ल्याउनुभयो । त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौतमले १४ हजार १८४ मत ल्याउँदा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अमी लामाले १३ हजार ८१४ मत प्राप्त गर्नुभयो । 

यसैगरी काभ्रेपलाञ्चोक–२ बाट रास्वपाका उमेदवार बदनकुमार भण्डारी ३५ हजार ४७६ मतान्तरले निर्वाचित हुनुभएको छ । भण्डारीले ५३ हजार ३४४ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८ मत ल्याउनुभएको छ । त्यस्तै यस क्षेत्रमा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० र नेकपाका बसुन्धरा हुमागाईंले आठ हजार १०७ मत प्राप्त गर्नुभयो । काभ्रेपलाञ्चोकको दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ १० हजार ३९ मत बदर भएको छ । तीन लाख २६ हजार ६११ मतदाता रहेकामा ५९ प्रतिशत मत खसेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार