मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

काँग्रेसका जनप्रतिधिको राम्रा कामको प्रचारगर्न महामन्त्री थापाको निर्देशन

Ujyalosandeshonline 10783+ समाचार ( )
१० चैत्र २०८१, सोमबार

इटहरी । नेपाली काँग्रेस महामन्त्री गगन थापाले जनतप्रतिनिधिले गरेका राम्रा कामको प्रचारगर्न कार्य कर्तालाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आयोजीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम मात्र गरेर नहुने र प्रचारपनि ध्यान दिनुपर्ने बताए ।

थप स्पष्ट पार्दै उनले भने, ‘ठिक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहाँ पाउँदैनन् । त्यसको घाटा पार्टीलाई पर्ने भएकाले प्रचारमा ध्यानदिनुपर्छ । जनप्रतिनिधिले आफ्नो क्षमता र बाध्यताको बारेमा पार्टीमा संवाद गर्न जरुरी छ । संवाद र छलफलले मात्र संगठन मजबुत हुन्छ ।’  

संविधान भित्र रहेर जनताको अपेक्षा पुरागर्न सकिने बताउँदै उनले सुशासनको प्रत्याभुति दिलाउन सरकार अग्रसर हुनेपर्ने धारणा राखे । काँग्रेसकै कारण संघियता र गणतन्त्र आएको स्मरण गराउँदै गणतन्त्रको पक्षमा बोल्दा आफुले राजद्रोहको मुद्धा लागेको अनुभव सुनाए । 

काँग्रेस गणतन्त्र र संघियताप्रति एक इन्चपनि दायाँबायाँ नहुने थापाले बताएका छन् । महामन्त्री थापाले भने, ‘नेपाली काँग्रेस विभाजन हुँदा नेपाली काँग्रेस र काँग्रेस प्रजातान्त्रीक दुई पार्टी भयो । गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली काँग्रेसले काठमाण्डौमा मात्र विकास भयो अब विकेन्द्रीकरणमा जानुपर्ने भन्दै प्रदेशको अवधारणा विकास गर्यो । शेरबहादुर देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रीकले नेपाललाई संघियतामा लैजाने निर्णय गरेको हो । त्यसैले संघियता काँग्रेसको अवधारणा हो । यो सहि ढंगले चलेको छैन तर चलाउन सकिन्छ । त्यसमा काँग्रेस दृढ संकल्पीत छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार