मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

एमाले विभाजन गर्ने प्रयास असफल भयो : अर्थमन्त्री पौडेल

Ujyalosandeshonline 12490+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

बुटवल । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेलाई विभाजन गर्न खोज्नेहरूको प्रयास असफल भएको बताउनुभएको छ ।उहाँले वर्तमान काँग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरताका लागि निर्माण भएको र यो गठबन्धन आगामी ०८४ सालको चुनावसम्म कायम रहने दाबी गर्नुभयो ।

पुष्पलाल स्मृति दिवसको अवसरमा बुटवलमा एमालेले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका पौडेलले पार्टीलाई पुनः विभाजन गर्न खोज्ने तत्वहरू विफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरूले अहिले फेरि पनि विभाजन गर्न सकिन्छ कि भनेर कोसिस गरिरहेका थिए ।

तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरूको सपनामाथि तुषारापात भएको छ ।’ उहाँले राष्ट्रपति जस्तो पदमा बसिसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भन्ने केन्द्रीय कमिटीको सर्वसम्मत निर्णयले विभाजन चाहनेहरूको सपना तुहाइदिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण प्रक्रियाबारे पनि प्रस्ट्याउनुभएको थियो । उहाँको भनाइ अनुसार भण्डारीको सदस्यता परित्याग भएको हो, स्थगित होइन । उहाँले भन्नुभयो, ‘सदस्यता नवीकरण गर्ने व्यवस्था हाम्रो पार्टीमा छैन । सदस्यता त्यागेको व्यक्तिको नवीकरण हुने होइन, नयाँ प्रक्रियाबाट जानुपर्छ । जुन चिज कायम छैन, त्यसको नवीकरण हुँदैन भन्ने प्रष्ट हुनुपर्छ ।’

अर्थमन्त्री पौडेलले चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो मिसनमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले केन्द्रीय कमिटीले विधान संशोधनका लागि प्रस्तावित मस्यौदा पारित गरिसकेकाले सबैको सुझाव समेटिने भन्दै छिटो सुझाव दिन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार